खिमराज चालिसे, चंडीगढ (भारत)
मूलप्रवाह अखिल भारत नेपाली एकता समाज रोपड नगरसमिति रैलमाजरा एरिया समितिका सदस्य वसन्त वोहराको ४० वर्षको उमेरमा असामहिक निधन भएको छ । उहाँको शुक्रबार (९ अक्टुवर) मा सडक दुर्घटनामा असमायिक निधन भएको हो । राति १० बजे गाडीको ठक्करबाट बोहराको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनाबारे श्याम मल्ल र राजेन्द्र गिरीले आफनो रोहवरमा प्राथमिकी दर्ज गरेपछी मूलप्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा, सदस्य छविलाल सापकोटा, नगर अध्यक्ष मनिराम सापकोटा सदस्य सोभाराम सापकोटा, लाल बहादुर थापा र एरिया समितिका सदस्यहरुको उपस्थितीमा आवश्यक प्रशासनिक प्रक्रिया पुरा गरी आजै दाह संस्कार गरिएको छ।
रोपडमा कार्यरत मृतक बसन्त वोहरा कपिलवस्तु जिल्ला, विजयनगर गाउँँपालिका नेउली टोलका पुनाराम वोहराको छोरा भएको र मूलप्रवाह एकता समाजको अगस्त २००८ देखि साधारण सदस्य हुँदै एरिया समितिसम्म विभिन्न जिम्माहरुमा काम गर्दै आउनुभएको क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले जानकारी दिनुभएको छ ।

