काठमाडौं । कोरियाबाट विमान चार्टड गरी फर्किएका नेपालीहरुलाई चार घण्टादेखि विमानस्थलमा रोकिएपछि यात्रुहरुले विमानस्थलमै नारावाजी गरेका छन् ।
कोरोना परीक्षण रिपोर्ट सहित कोरियाबाट चार्टर विमानबाट आएका युवालाई विमानस्थलमा रोकिएपछि शनिबार सरकार विरुद्ध नाराबाजी भएको हो । विमानस्थलमा रोकिएका करिब तीन सय यात्रुले सबैजना नेगेटिभ पीसीआर रिपोर्टसहित आएपनि प्रहरीले रोकेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
अति संवेदनशील मानिने विमानस्थल क्षेत्रमा यात्रुलाई घण्टौं रोकि राख्नु, र नारावाजी हुनुले हाम्रो सुरक्षा प्रणाली र देशको पद्दति अति कमजोर छ भनी संन्देश जाने भन्दै सामाजिक सञ्जालमा चिन्ता व्यक्त गरिएको छ ।
(भिडियो) : सामाजिक सञ्जाल
कोरोना परीक्षण रिपोर्ट सहित कोरियाबाट चार्टर विमानबाट आएका युवालाई विमानस्थलमा रोकिएपछि सरकार विरुद्ध नाराबाजी। pic.twitter.com/1yrBWp1RgV
— Lilu Dumre (@dumrelilu) October 10, 2020
कोरोना परीक्षण रिपोर्ट सहित कोरियाबाट चार्टर विमानबाट आएका युवालाई विमानस्थलमा रोकिएपछि सरकार विरुद्ध नाराबाजी। pic.twitter.com/1yrBWp1RgV
— Lilu Dumre (@dumrelilu) October 10, 2020