धनवीर पुन, नयाँ दिल्ली ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य भारत क्षेत्रीय समिति अन्तर्गत भोपाल नगर समितिको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
Advertisement
रमेश रानाको अध्यक्षता तथा रमेश अर्जुन जिएमको सञ्चालनबाट कार्यक्रम अगाडि बढेको थियो ।
केन्द्रीय सदस्य तालबहादुर खड्का, वैकल्पिक केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष केवी खड्का र सदस्य नारायण सापकोटा लगायतले प्रशिक्षण दिनु भएको थियो ।