• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

भिक मागिरहेको बालक (कथा)


  •   शनिबार, असोज २४, २०७७ मा प्रकाशित
  • रवि पौडेल ।।

    Advertisement

    आज निकै पानी परिरहेको छ । व्यस्त सडकमा मोटरसाइकल, कार, बस र लरीका ट्यार्रटुर्र आवाज र मेलाजस्तै ओहोरदोहोर भिड भने देख्नुपरेको छैन । त्यसमाथि गर्मीले सडकमा उड्ने धुलो पनि आज देख्नुपरेन । सडकका खाल्डाखुल्डीमा आज कोही लड्दैन होला ? किनकि साइकलमा आउने मानिसहरू आज आएका छैनन् । एकाध कार, बस र लरीहरू मात्र कुदिरहेका छन् ।

    जे होस्, गर्मीमा भन्दा झरीमा रोडको वातावरण अलि शान्त हुँदो रहेछ । म सडकपेटीमा बसेर यी दृश्य हेर्न लागेको करिब सात वर्ष भइसकेको छ ।

    ओहो ! मानिसको भिडभाडमा त कसैले मलाई पैसा, खाना, बिस्कुट दिएर जान्थे । आज त खानाको समस्या पर्ने भो ! पोको पारेर राखेको त्यो बोरा पनि भिजिसकेको थियो । सबै थोत्रा कपडा र बिस्कुट पनि भिजेको थियो । त्यही भिजेको बिस्कुट झिकेर बालकले मजाले मिठासपूर्वक खान थाल्यो ।

    बिचरा ! आमा को हो र आफ्नो बाबु को हो भन्नेसम्म पनि थाहा थिएन । कति रुन्थ्यो, कति कराउँदै हिड्थ्यो हातमा कटौरा समातेर भिडभाडमा । सडकपेटीमा पैसा माग्दै हिँड्ने । कसैले दिन्छन्; कसैले दिँदैनन्; कसैले गाली गर्दछन् । कसैले हान्छन्, घुच्चाउँछन् । बिचरा बालक ! धुलोमैलो झुत्रे कपडा लगाएर दिनभर सडक, चोक र ट्राफिक भिडभाडमा हिँड्दै आफ्नो चारो सङ्कलन गर्दथ्यो ।

    आज पानी परेकाले मानिस पनि थोरै र आफू निथु्रक्क भिजेको छ । माग्न कहाँ जाने ? कसले दिन्छ ? दुबै भिजेका बोराभित्रका बिस्कुट निकालेर खाँदै यताउति हेर्छ । कोही पनि ऊ भएको बाटो आउँदैनन् ।

    आज सडकपेटी खाली छ । एकाध गाडी मात्र सडकमा गुडिरहेका छन्; किनकि आज ठुलो पानी परेको छ ।

    अहिले ऊ थोरै सोच्न सक्ने भएको छ । मेरा बाबुआमा कहाँ होलान् ? को होलान् ? घर होला कि नहोला ? आदि मनमा कुरा खेलाउँछ ।

    तर के गर्ने उसको विवशता थियो । उसका आमाबाबु पनि यस्तै सडकमा माग्दै हिड्थे । थुलो खान्थे, सड्कमै सुत्थे । उनीहरूको कुनै घर थिएन । जग्गाजमिन थिएन । यतिसम्म कि देशको नागरिक भएर पनि नागरिकता प्रमाणपत्र थिएन । डुल्दै पैसा माग्ने क्रममा रोड क्रस गर्दा श्रीमान बितेपछि उसकी आमाले आफ्नो छोरालाई पैसा माग्न पठाएर छोडेर गएकी थिइन् ।

    उनको पनि बाध्यता थियो । कमाइ थिएन । माग्न सक्ने र खाना ख्वाउने उनको श्रीमान सडक दुर्घटनामा बितिसकेपछि नगर निगमको एम्बुलेन्समा प्रहरीको साथ लगेर मसानघाटमा जलाएको उनले देखेकी थिइन् । उनी कमजोर दिमाग कि भएको हुनाले पैसा माग्ने र बच्चा हुर्काउने काम गर्नलाई मुस्किल थियो । सानो दुधे बालक छँदा पनि बाबुले नै हेरचाह र खाना जुटाएका थिए ।

    ओहो ! दिउँसो पनि भइसक्यो । सबैले खाना खाँदै होलान्, मैले आज के खाने होला ? बालकलाई खाना खाने पिरले सताएको थियो ।

    यत्तिकैमा एक जना मानिस छाता ओढेर आइरहेको देख्छ । ऊ उसैतिर आइरहेको देखेर राहतको सास फेर्छ । नजिक, अझै नजिक आउन्जेल हेरिरहन्छ; तर त्यो व्यक्तिले न त्यो बालकलाई हेर्छ, न सोध्छ । ऊ उल्टो दिशामा गइरहेको पनि हेरिरहन्छ, जसरी आफूतिर आउँदा हेरेको थियो । ऊ निरास हुन्छ । माग्ने पनि उसको त्यही एरिया थियो । बस्ने पनि त्यहीँ इँटाको चाङमुनि । रुखको बोटमुनि सुतेर रात गुजाथ्र्याे ऊ ।

    बाटोमा अब को आउला र देला भनेर कुरिरहेको थियो । सडकमा पानी भरिँदै थियो । झ्याम झ्याम वर्षात्, चट्याङको आवाज । निकै कठिन र दुखदायी जीवन थियो, त्यसैमा पनि ऊ बालकै थियो ।

    आँखा दुखे; तर बाटोमा पैदल कोही आउँदैन । उसले आज दिनभरि भोकै बस्नुपर्ने आँकलन गर्छ । निरास हुन्छ ऊ । दुःख मान्छ, आमा र बाबु सम्झन्छ । दुःख पाएको, धुलो खाएको, खाल्डामा खसेको, कसैले थप्पड हानेको र माग्दा घचेटेको सम्झदै थकित हुन्छ र हैरान हुन्छ ।
    जाओस् त कहाँ ? मागोस् त कहाँ ? अरू मगन्तेले हेप्छन् । बोराको सिरानी लागेर यसो पल्टिन्छ, भोकै पेट । यत्तिकैमा एक जना मानिस आइपुग्छ ।

    ‘केटा, आज खाना खाइस ?’

    ‘खा’छैन दादा ।’

    ‘किन ? कसैले दिएन ?’

    ‘कोही रोडमा आएकै छैन, कोसँग माग्ने ?’

    निन्न्याउरो स्वरमा आफ्नो कुरा राख्छ ।

    ऊ त्यही मानिस थियो, जसले कहिलेकाहीँ उसले बिचरा बालक भनी खाना दिने गरेको थियो ।

    आज अबेर उसले रोडको बालकलाई सम्झियो । आज के खायो होला भन्दै छिटोछिटो ऊ त्यहाँ आएको थियो ।

    ‘ल खा खाना’ भन्दै दालभात, तरकारी र अचार दिएर गयो ।

    उसले आधा खायो र आधा बेलुका खाने भनी भिजेको भोरामा राख्यो ।

    यस्ता दुईचार जना सहयोगी मानिस आउँथे । ती दया भएका मानिस थिए । उनीहरू आउँदा ऊ कहिलेकाहीँ खुसी पनि देखिन्थ्यो ।

    सडकपेटीमा एउटा अबोध बालक । दिन कहिले ढुङगाको पर्खालमुनि रात कटाउनुपर्दथ्यो । रात बिताउन निकै कठिन थियो ।

    एक दिन दुई सय रुपैयाँ बनाएको थियो । अर्काे एक जना मगन्तेले ऊ निदाएको बेलामा चोरेर गएको थियो । ब्युँझेर ऊ पानी किन्न गयो ।

    ब पसलमा पुगेर पैसा झिक्न खोज्दछ, उसले पाउँदैन । पूरै बोरा टक्टकाउँछ । पैसा छैन । ऊ रुन्छ, कराउँछ । तर के गर्ने ?

    पसलेले धेरै पटक पानी दिएको थियो । यस पटक उसले पनि पानी दिएन ।

    ओठमुख सुकेका थिए, खुट्टा गलिसकेका थिए । अझै पानी परिरहेको थियो । दशबिन्ती गरेर पानी माग्यो, तर कसैले दिएनन् । रात परिसक्यो, दैनिक खाना दिने मानिस पनि आएनन् । आउन् पनि कसरी ? झरी छ । जाडो छ । बाहिर निस्कन मुस्किल छ; तर त्यो बालक कसरी जाडोमा दिनरात बिताइरहेको होला ? भन्न कठिन पर्छ ।

    यत्तिकैमा ऊ आफ्नो सडकपेटी फर्किन्छ । बिहान होटेल पसलेले दिएको थोरै भातदाल बचेको खान्छ । अनि, सडकछेउमा इँटाचाङको आडमा सुत्छ । भुसुक्कै निदाउँछ ।

    न उसलाई कसैको डर थियो, न कसैको काख नै । फेरि पनि जीवन कसरी बित्छ, बितेकै छ । ती तिनै सडकका मानिसलाई मात्र थाहा छ ।

    शनिबार, असोज २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.