बिमल पाण्डे, बागलुङ ।
आर्थिक अवस्था कमजोर भएकी बागलुङको ढोरपाटन नगरपालिका–४ खुंगा फलामखानी टोलकी सुत्केरी महिलालाई राष्ट्रिय जनमोर्चाले सहयोग गरेको छ ।
Advertisement
प्रवासी युवा संघ दूरलेक र राष्ट्रिय जनमोर्चा ढोरपाटन–४ खुंगाको संयुक्त पहलमा खिम बहादुर विक (घर्तिमिरे) कि श्रीमतीलाई २० हजार रुपियाँ बराबरको सुत्केरी खर्च सहयोग गरिएको हो । ती महिलालाई पोसिलो खानेकुरा सहित तेल, नुन, साबुन लगायत विभिन्न समाग्री हस्तान्तरण गरिएको हो ।
राजमो ढोरपाटन–४ खुंगाका वडा सचिव कुल बहादुर छन्त्याल, युवक संघ ढोरपाटन नगर समिती सदस्य ईन्द्र छन्त्याल र स्थानीय महिला नरमाया समरखाती मार्फत सो सहयोग वितरण गरिएको राजमोले जनाएको छ ।

