काठमाडौं । आज काठमाडौं उपत्यकामा २ हजार ८५ गरी नेपालमा अहिलेसम्मकै बढी ४ हजार ३ सय ६४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन । मन्त्रालयका अनुसार आज १८ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५ सय ६१ महिला र २ हजार ८ सय ३ जना पुरुषमा संक्रमण देखिएको हो ।
काठमाडौंमा २ हजार ८५, भक्तपुरमा १ सय ३५ र ललितपुरमा ३ सय २० जनामा कोरोना सक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा एक हप्तामा मात्रै १० हजार बढीमा संक्रमण देखिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज देशभरी सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ जना रहेको छ । आज संस्थागत आइसोलेसनमा ११ हजार ७ सय १७ जना रहेका छन् भने देशभरी १४ हजार ९ सय ६७ जना होम आइसोलेसनमा रहेका छन् ।
आज आईसीसयुमा २ सय ३५ र भेन्टिलेटरमा ४२ जना संक्रमित उपचाररत रहेका छन् । आज २ हजार ६ सय ७५ जना डिस्चार्ज भएर घर फर्किएका छन । यो सँगै देशभरी ७१ हजार ३ सय ४३ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन ।
नेपालमा कोरोना भाइरस कोभिड १९ बाट ४ महिला र ८ जना पुरुष गरी थप १२ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ७९ वर्षिया, ललितपुरमा ७३ वर्षिया, भक्तपुरमा ८२ वर्षिया र सुर्खेतमा ८२ वर्षिया महिलाको मृत्यु भएको छ ।
यस्तै सुनसरीमा ३९ वर्षिय, धनुषामा ७० वर्षिय, काठमाडौंमा ५८ वर्षिय, ९१ वर्षिय र कस्कीमा ८३ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै चितवनमा ८१ वर्षिय, ८१ वर्षिय र ९२ वर्षिय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ ।

