दाङ । दाङ–देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ को नाकादेखि वडा नम्बर ७ को विभिन्न गाउँ र नाका क्षेत्र पुरै सञ्चारविहीन रहेको छ ।
Advertisement
अहिले सञ्चार र सामाजिक सञ्जालको युगमा ठुलो सङ्ख्या सञ्चारविहीन भएर बस्नुपरेको छ ।
भारतसितत सीमा जोडिएका धेरै नाकावासीले इन्डियन सिमकार्ड प्रयोग गरेका छन् । यसरी नेपालमै फोन गर्दा ठुलो रकम खर्च हुने गरेको छ । त्यो क्षेत्रका नागरिकले भारतीय सरकारलाई राजस्व बुझाइरहेका छ्न । त्यसले नेपाल सरकारलाई घाटा भएको र नेपाली नागरिक मर्कामा परेको नाकाबासी इन्द्रबहादुर पुनले बताउनुभयो ।
यसैगरी सुनपत्री, एरना, गोठुवा, ताली कुरुवा गल्छु, सिक्टालगायतका धेरै ठाउँका नागरिक सञ्चारविहीन भएको रनबहादुर बुढा र तेजबहादुर बाठाले बताउनुभयो ।

