• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारी वर्षाको चुनौती

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

विकास निर्माणको कामलाई गति दिन निर्देशन

मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

घट्यो सुनचाँदीको मूल्य

भारी वर्षाको पूर्वानुमानपछि कास्कीमा उच्च सतर्कता

प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो

फकल्यान्डमाथि अर्जेन्टिनाको दाबी दोहोर्‍याउँदै मिलेई

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. हार्दिक शुभकामना

  • ८. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ९. आदर्शको पहाड

  • १०. राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट

बुटवलको आन्दोलनले प्रष्ट पार्छ, संघीयता नेपालका लागि उपयुक्त छैनः मसाल


  •   आइतबार, असोज १८, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले नेपालका लागि संघीयता र प्रादेशिक संरचना आवश्यक नभएको दोहोर्याएकोछ । प्रदेश ५ को राजधानी सार्ने विषयले बुटवलमा तनाव भइरहेका बेला मसालले आइतबार साँझ वक्तव्य प्रकाशित गरी संघीयताले नेपालमा विखण्डन ल्याउने स्पष्ट पारेको छ ।

    Advertisement

    महामन्त्री मोहन विक्रम सिंहले प्रेशित गर्नुभएको वक्तव्यमा प्रदेश राजधानीको विषयमा जुन प्रक्रिया अपनाइएको छ, त्यो गलत भएको बताउनुभएको छ । मसालले राजधानी टुंग्याउने कार्य अधिकार सम्पन्न आयोगलाई दिनुपर्ने र त्यसको सुझावलाई सरकारले स्वीकार गर्नुपर्ने कुरामा निरन्तर जोड दिँदै आएको छ ।

    राजधानी सम्बन्धी विवादमा देशमा क्षेत्रीय विग्रह देखा परेको भन्दै मसालले चिन्ता पनि जाहेर गरेको छ । वक्तव्यमा राष्ट्रिय जनमोर्चाका तर्फबाट संघीयता खारेजीका लागि संसदमा राखिएको प्रस्तावप्रति समर्थन गर्दै संघीयता खारेजीमा जोड दिइएको छ ।

    यस्तो छ वक्तव्यः
    ‘१.५ नं. प्रदेशको राजधानी सम्बन्धी विवादले राजनीतिक महत्वका कैयौँ महत्वपूर्ण विषयहरुलाई प्रस्ट गरेको छ । त्यस सन्दर्भमा सर्वप्रथमतः यो कुरा प्रस्ट भएको छ कि नेपालको लागि संघीयता वा त्यससित जोडिएको प्रादेशिक संरचना उपयुक्त छैन । द्वितीय, त्यसको राजधानी टुङ्ग्याउन जुन पद्धति अपनाइएको छ, त्यो सही छैन ।

    २.ने.क.पा.(मसाल)ले वा राष्ट्रिय जनमोर्चाले सुरुदेखि नै संघीय प्रणालीको विरोध गर्दै आएका छन् । त्यसबाट, एकातिर, नेपाल जस्तो सानो र आर्थिक दृष्टिकोणले पिछडिएको देशका लागि संघीय प्रणालीको खर्च अनावश्यक बोझ हो । व्यवहारले त्यो कुरा प्रमाणित गर्दै लगिरहेको छ । संघीय प्रणाली अन्तर्गत प्रादेशिक संसदीय वा प्रशासनिक संरचना, राजधानीको निर्माण आदिका लागि ठुलो धनराशी खर्च हुन जान्छ ।

    त्यसका लागि जनताले ठुलो करको बोझ बोक्नु पर्दछ र विकास कार्यहरु कुण्ठित हुन्छन् । अहिले प्रदेशहरुको राजधानीको संरचना वा राजधानीको निर्माणमा भइरहेको अत्यधिक खर्चले त्यो कुरा स्पष्ट पार्दै लगिरहेको छ । त्यसैले हाम्रो पार्टीले बारम्बार यो कुरामा जोड दिदैँ आएको छ र अहिले पनि दिन्छ, संघीयता वा संघीय प्रादेशिक संरचना पुरै खारेज हुनुपर्दछ । त्यो कार्य जति ढिलो हुनेछ, त्यति नै देशले अनावश्यक रुपमा बढी बोझ बोक्दै जानुपर्नेछ ।

    ३.समस्या खालि अत्यधिक आर्थिक बोझको मात्र होइन । हामीले सुरुदेखि यो भन्दै आएका छौँ कि संघीयताले जातीय र क्षेत्रीय विग्रह तथा राष्ट्रिय विखण्डनको स्थिति पैदा गर्दछ । व्यवहारले त्यो कुरा बारम्बार प्रष्ट गर्दै आएको छ । राजधानी सम्बन्धी विवादमा देखा परेको क्षेत्रीय विग्रहले पनि त्यो कुरा प्रष्ट गर्दै लगिरहेको छ ।

    ४.प्रादेशिक राजधानीका सन्दर्भमा हामीले बारम्बार यो कुरामा जोड दिदैँ आएका थियौँ कि, राजधानी टुङ्ग्याउने कार्य अधिकार सम्पन्न आयोगलाई दिनुपर्दछ र त्यसको सुझावलाई सरकारले स्वीकार गर्नुपर्दछ । त्यसो नगर्दा बेग्लाबेग्लै क्षेत्रका मानिसहरु आफ्नो–आफ्नो क्षेत्रमा राजधानी गराउन जोड गर्दछन् र त्यसरी क्षेत्रिय विग्रहको स्थिति पैदा हुन्छ । अहिले ५ नं. प्रदेशमा राजधानीबारे भएको क्षेत्रीय विवाद वा तनावबाट त्यो कुरा प्रस्ट भएको छ ।

    ५.देशमा पहिले संघीयता जस्तो नेपालका लागि अनुपयुक्त प्रणालीलाई अपनाउने निर्णय गरियो र पछि प्रदेशका राजधानी टुंगाउने प्रश्नमा पनि गलत पद्धति अपनाइयो । त्यस प्रकारका गलत तरिकाहरुको क्षति देश र जनताले भोग्नु परिरहेको छ ।
    ६.हामीले यो पनि स्पष्ट गर्न चाहान्छौँ कि प्रदेशको संरचनाबारे हाम्रो कुनै मतभेद छैन । एकात्मक प्रणाली अन्तर्गत पनि गाउँ, नगर, जिल्ला आदि प्रशासनिक इकाइहरुको आवश्यकता पर्दछ । प्रान्त, अञ्चल वा प्रदेश आदि जे नाम राखे पनि प्रादेशिक स्तरमा कुनै न कुनै संरचनाको आवश्यकता पर्दछ । त्यसकारण हाम्रो मतभेद प्रदेशसित होइन, हाम्रो मतभेद त्यसको संघीय स्वरुपसित नै हो ।

    ७.५ नं. प्रदेशको नाम लुम्बिनी राख्ने जुन प्रस्ताव ल्याइएको छ, त्यसलाई हामीले समर्थन गर्दछौँ । हामीले पहिले नै नेपालको लागि ७ प्रदेशको संरचनाकोे अवधारणा ल्याएका थियौँ र तिनीहरुको नामको पनि प्रस्ताव गरेको थियौँ । हामीलाई यो कुराको खुसी लागेको छ कि, हामीले प्रस्तावित गरेका नाम मध्ये ३ वटा, कर्णाली, गण्डकी र बागमती स्वीकृत भएका छन् र ५ नं. प्रदेशको लागि लुम्बिनी प्रस्तावित गरिएको छ ।

    नामको विषयमा हाम्रो मतभेद नभएपनि राजधानीबारे जुन प्रस्ताव राखिएको छ, हामीले यो वा त्यो स्थानबारे विवाद उठाएका छैनौँ र उठाउदैँनौँ पनि । तर राजधानी तोक्नका लागि जुन प्रक्रिया अपनाइएको छ, त्यो गलत छ र त्यसकोे हामीले विरोध गर्दछौँ । सरकारले अपनाएको गलत तरिकाका कारणले बुटवल वा भालुबाङ्ग भन्ने विवादका आधारमा क्षेत्रीय विरोध पैदा भएको छ र त्यसलाई हामीले गलत मान्छौँ । त्यस प्रकारको विवाद पैदा गर्ने कार्य राजधानी टुङ्ग्याउन सरकारले अपनाएको गलत प्रक्रियाका कारणले उत्पन्न भएको हो ।

    ८.अन्तमा हामीले मूल रुपमा संघीयता वा संघीय संरचनालाई खारेज गर्नुपर्ने आवश्यकतामा नै जोड दिन्छौँ । पहिले राष्ट्रिय जनमोर्चाले संघीयतालाई खारेज गर्नको लागि संशोधन प्रस्ताव राखिसकेको छ । त्यो प्रस्तावलाई हामीले दृढता पूर्वक समर्थन गर्दछौँ । हाम्रो यो विश्वास छ कि स्वयम् संघीयताले आफ्नो निरर्थकता सिद्ध गर्दै जाने छ, त्यसबाट संघीयताका विरुद्धको जनचेतनाको विकास हुँदै जानेछ र अन्तमा त्यो व्यवस्था खारेज हुनेछ ।’

    आइतबार, असोज १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको चुनौती
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला
    विकास निर्माणको कामलाई गति दिन निर्देशन
    मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव
    घट्यो सुनचाँदीको मूल्य

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      भारी वर्षाको चुनौती

    • २.
      पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    • ३.
      तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

    • ४.
      विकास निर्माणको कामलाई गति दिन निर्देशन

    • ५.
      मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

    • ६.
      घट्यो सुनचाँदीको मूल्य

    • ७.
      भारी वर्षाको पूर्वानुमानपछि कास्कीमा उच्च सतर्कता

    • ८.
      प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.