पाल्पा । कालीगण्डकी नदीमा हामफालेकी एक महिलाको सकुशल उद्धार भएको छ । आइतबार दिउँसो नदीमा हामफालेकी रामपुर नगरपालिका ५ बेझाडकी ३७ वर्षीया शर्मिला तिवारीको प्रहरी र स्थानीयले उद्धार गरेका हुन् ।
Advertisement
रामपुर र स्याङ्जाको चापकोट सिमानामा रहेको पक्कि पुलबाट ती महिलाले कालिगण्डकी नदीमा हाम फालेकी थिइन् । नदीमा हामफलेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सहयोगमा महिलाको उद्धार भएको हो ।
पूलभन्दा करिव साढे दुई किलोमिटर तलबाट उनलाई उद्धार गरिएको पाल्पा प्रहरीले जनाएको छ । अहिले उनलाई उपचारका लागि रामपुर अस्पताल पाल्पा लगिएको छ ।

