बिमल पाण्डे, बुर्तिवाङ ।
राष्ट्रिय जनमोर्चाले बागलुङको ढोरपाटन नगरपालिका–५ मा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार आयोजित कार्यक्रममा राजमो बागलुङका सल्लाहकार गौरिश्वर पाण्डेले समसामयिक विषयमा प्रशिक्षण दिनुभएको थियो ।
त्यस क्रममा बोल्दै उहाँले राष्ट्रिय जनमोर्चाले गरेको पूर्व बिश्लेषणको आधारमा राज्य पुगेको भन्दै सबै राजनितिक दलहरु नसच्चिए देशको राष्ट्रिय स्वाधिनता अझ कमजोर बन्ने बताउनुभयो । उहाँले पछिल्लो समय पार्टी बिरोधी गतिबिधी बढेको भन्दै व्यक्तिगत जीवनमा जस्तै पार्टी जीवनमा समेत तरलता आउने तर त्यो अस्थायी हुने भन्दै धैर्य रहन कार्यकर्ताहरुसँग आग्रह गर्नुभयो ।
राष्ट्रिय जनमोर्चाका नेता चन्द कुमार कुँवरको अध्यक्ष्यतामा सुरु भएको कार्यक्रममा सुनमाया घर्ती र नन्दराम गौतम लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सन्चालन तुल्सीराम खरेलले गर्नुभएको थियो ।