अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले चार जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ ।
Advertisement
आइतबार सूचना प्रकाशित गरी प्रशासनले ‘कार्यालयमा कार्यरत चार जना कर्मचारीहरूको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएकोले थप संक्रमण फैलन नदिनको लागि सतर्कता अपनाउनु पर्ने भएको हुँदा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायतका सेवाहरू १ हप्ताको लागि बन्द गरिएको’ जनाएको छ ।
शान्ति सुरक्षा, मुद्दा, राहत, उद्दार लगायतका अत्यावश्यक सेवाहरू भने सुचारू हुनेछन् ।