• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारी वर्षाको चुनौती

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

विकास निर्माणको कामलाई गति दिन निर्देशन

मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

घट्यो सुनचाँदीको मूल्य

भारी वर्षाको पूर्वानुमानपछि कास्कीमा उच्च सतर्कता

प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो

फकल्यान्डमाथि अर्जेन्टिनाको दाबी दोहोर्‍याउँदै मिलेई

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. हार्दिक शुभकामना

  • ८. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ९. आदर्शको पहाड

  • १०. राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट

देशको तात्कालिक समस्या र समाधानबारे २० दलको अन्तर्क्रिया कार्यक्रम सम्पन्न 


  •   शनिबार, असोज १७, २०७७ मा प्रकाशित
  • प्रकाश थापा मगर

    Advertisement

    काठमाडौँ । देशको तात्कालिक समस्या र त्यसको समाधानबारे नेकपा (मसाल), नेकपा (क्रान्तिकारी–माओवादी) सहितका २० राजनीतिक दल तथा सङ्घसंस्थाको आयोजनामा भर्चुअल अन्तर्क्रिया सम्पन्न भएको छ । ‘देशमा उत्पन्न समस्या र निकासको समस्या’ विषयक सो कार्यक्रम २०७७ असोज १७ गते सम्पन्न भएको हो ।

    कार्यक्रममा मन्तव्य राख्दै नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले सरकारले सीमा अतिक्रमणका विरुद्धको पहलकदमीलाई कागजमै सीमित राखेको आरोप लगाउनुभयो । ‘सीमा अतिक्रमण विरुद्धको पहलकदमीलाई सरकारले कागजमै सीमित गरेको छ’ प्रवक्ता पुरीले अगाडि भन्नुभयो– ‘यसबाट कतै ओली सरकारको राष्ट्रवाद देखावटी प्रकारको त होइन भन्ने आशङ्का उत्पन्न भएको छ ।’ उहाँले ओली सरकारले जेजति राष्ट्रियताको पक्षमा अडान लिएको छ, त्यसका पछाडि जनताको खबरदारी नै कारक तत्त्व रहेको दावी पनि गर्नुभयो ।

    देशमा स्वास्थ्यसम्बन्धी बेथिति, भ्रष्टाचार, दण्डहीनता, बेरोजगारीजस्ता समस्या यथावतै रहेको बताउँदै उहाँले त्यसका विरुद्ध जनआन्दोलन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । ‘कम्युनिस्ट, वामपन्थी तथा परिवर्तनशील शक्तिहरूले खालि भविष्यतर्फ हेरेर बस्ने होइन’ उहाँले अगाडि भन्नुभयो– ‘हामीले वर्तमानमा पनि ध्यान दिनुपर्दछ ।’ उहाँले तात्कालिक समस्यालाई लिएर राजनीतिक पार्टी तथा सङ्घ–सङ्गठनले लगातार जनआन्दोलन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    नेकपा (क्रान्तिकारी–माओवादी) का रामसिंह श्रीसले देशमा कम्युनिस्ट नामको सरकार भएता पनि यतिखेर राष्ट्रियता, जनतन्त्र र जनजीविका—तीन वटै क्षेत्रमा जटिल समस्या विद्यमान रहेको बताउनुभयो । अहिले सत्तामा रहेको दल कम्युनिस्ट पार्टी होइन भन्ने चेतना जनताको माझमा प्रसार गर्दै आगामी दिनमा सशक्त जनआन्दोलन उठाउनुपर्ने आवश्यकतामा समेत उहाँले जोड दिनुभयो ।

    नेकपा (माले) का महासचिव सी.पी. मैनालीले माओवादी जनयुद्धको असफलताबारे मूल्याङ्कन नभएको बताउँदै त्यही कारणले वर्तमान सत्तारूढ पार्टी वर्गघात, राष्ट्रघात गर्दै अघि बढिरहेको बताउनुभयो । उहाँले अहिलेको लोकतन्त्र धनतन्त्रजस्तो भएको पनि दावी गर्नुभयो ।

    देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सी.पी. गजुरेलको सञ्चालनमा अघि बढेको सो अन्तर्क्रियामा राष्ट्रिय जनमोर्चाका प्रतिनिधि भैरवराज रेग्मीले अहिले सत्ता सञ्चालन गरिरहेको पार्टी कम्युनिस्ट पार्टी नभए पनि वर्तमान राज्यव्यवस्था निरङ्कुश राजतन्त्रको तुलनामा प्रगतिशील भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यो कम्युनिस्टको होइन, दक्षिणपन्थी अवसरवादी सरकार हो; तर यो काङ्ग्रेस र राजतन्त्रीय सरकारजस्तो होइन ।’

    नेकपाका लोकनारायण सुवेदीले सरकारले माइतीघर मण्डलामा प्रदर्शन गर्न नदिएर भ्रष्टाचार, बेथिति, कुशासन, कमिसनखोरीको विरोधलाई तह लगाउन खोजेको त होइन भन्दै आशङ्का व्यक्त गर्नुभयो भने नेकपा (संयुक्त) का केदार शर्माले देश अस्तव्यवस्त अवस्था रहेको बताउँदै कम्युनिस्ट नामको सरकारको समयमा यस्तो हुँदा समग्र कम्युनिस्ट शक्तिप्रति नै वितृष्णा बढ्न सक्ने बताउनुभयो ।

    कार्यक्रममा राष्ट्रिय जागरण मञ्चका गुणराज लोहनी, जनसमाजवादी पार्टीका सुभाषराज काफ्ले, राष्ट्रिय जागरण परिषद्का सूर्य रेग्मी, एमसिसी खारेज अभियानका नारायण शर्मा, पुष्पलाल अध्ययन समाजका लोककृष्ण भट्टराई, नेकपा (माक्र्सवादी) पुष्पलालका अच्युतराज ज्ञवाली, नेकपा (माक्र्सवादी) का रामहरि पौडेल, माक्र्सवादी एकता अभियानका डा. शम्भु कट्टेल, नेपाल सर्वहारा कम्युनिस्ट पार्टीकी भावना विद्रोही, राष्ट्रवादी केन्द्र नेपालका चन्द्रबहादुर थापा, नेकपा (माओवादी–केन्द्र) का कर्णजीत बुढाथोकी र नेकपा बोल्सेभिकका रविन्द्र श्रेष्ठले समेत आआफ्नो धारणा राख्नुभएको थियो ।

    शनिबार, असोज १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको चुनौती
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला
    विकास निर्माणको कामलाई गति दिन निर्देशन
    मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव
    घट्यो सुनचाँदीको मूल्य

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      भारी वर्षाको चुनौती

    • २.
      पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    • ३.
      तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

    • ४.
      विकास निर्माणको कामलाई गति दिन निर्देशन

    • ५.
      मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

    • ६.
      घट्यो सुनचाँदीको मूल्य

    • ७.
      भारी वर्षाको पूर्वानुमानपछि कास्कीमा उच्च सतर्कता

    • ८.
      प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.