• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राष्ट्रियताको आन्दोलनमा प्रवासी नेपालीको भूमिका महत्वपूर्णः महामन्त्री सिंह


  •   शनिबार, असोज १७, २०७७ मा प्रकाशित
  • विदुर शर्मा, दक्षिण कोरिया ।
    नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेपालको राष्ट्रियताको आन्दोलनमा प्रवासी नेपालीको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाली एकता समाज दक्षिण कोरियाले आयोजना गरेको दुइदिने विशेष राजनीतिक प्रशिक्षण कार्यक्रममा महामन्त्री सिंहले प्रवासी नेपालीको योगदानको प्रशंसा गर्नुभएको हो ।

    Advertisement

    महामन्त्री सिंहले वैदेशिक रोजगारीका लागि विश्वका विभिन्न देशमा पुगेका नेपालीहरुले नेपालको वामपन्थी आन्दोलनमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो । उहाँले विदेशस्थित नेपालीहरु जो जहाँ छन् त्यहीँबाट संसदको निर्वाचनमा मतदान गर्ने व्यवस्थाका लागि आफ्नो पार्टीले संघर्ष गरिरहेको विषयमा पनि जानकारी दिनुभयो ।

    विश्वव्यापी कोरोना भाइरसको संक्रमणका बावजुद विदेशमा संगठन निर्माण र नेपालीहरुको समस्याविरुद्ध जुधिरहेकोमा नेपाली एकता समाजलाई धन्यवाद पनि दिनुभयो । सिंहले देशभित्र बाढी, पहिरोलगायतका प्राकृतिक विपत्तिमा परेका नागरिकलाई सहयोग तथा विकास निर्माणमा पनि प्रवासी नेपालीको महत्वपूर्ण योगदान रहँदै आएको चर्चा गर्नुभयो ।

    पार्टीमा आठौं महाधिवेशनको सेरोफेरोमा देखिएको ध्वसांत्मक प्रवृतिको सामान्य चर्चा गर्दै उहाँले पार्टीले अनुशासन र एकता कायम राख्न ‘सुद्धिकरण अभियान’ सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

    यस्तै, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बर्तमान सरकारले जनभावना अनुसार कुनै काम गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले सरकार भ्रष्टहरुको संरक्षक बनेको बताउनुभयो । भारत र विभिन्न देशबाट कोरोनाका कारण हजारौं नेपाली कष्ट सहेर स्वदेश फर्किएपनि देशमा रोजगारीको कुनै सम्भावना नभएपछि फेरि ज्यान जोखिममा राखेर उतै फर्किन बाध्य भएको केसीले बताउनुभयो ।

    युवाहरुलाई देशभित्रै रोजगारी सिर्जना गर्न र भ्रष्टाचार नियन्त्रण गर्न सरकारसँग कुनै योजना नभएको उहाँले बताउनुभयो । अध्यक्ष केसीले संघीयताका कारण जनता चर्को करको मारमा परेका उल्लेख गर्दै यसले राष्ट्रियतालाई समेत कमजोर बनाएको बताउनुभयो ।

    नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले पनि प्रशिक्षण दिनुभएको कार्यक्रममा विश्व दृष्टिकोण, नेपालका राजनीतिक पार्टीहरुको विश्लेषण, वर्गहरुको विश्लेषणका साथै पार्टी र अन्तरबिरोध लगायत समसामयिक विषयमा प्रशिक्षण दिइएको थियो ।

    प्रबिधीमैत्री तवरमा सम्पन्न प्रशिक्षण कार्यक्रम समाजका अध्यक्ष विदुर शर्माको अध्यक्षता र बिष्णु पुनको सन्चालनमा कोरियन चाड ‘छुसक’ को अवसरमा आयोजना गरिएको हो । छुसक भनेको आफ्ना परिवारका दिवङ्गत सदस्यको सम्झनामा उनिहरुप्रती श्रद्धा भाव सहित पुजा गरिने कोरियाको ठूलो पर्व हो ।

    नेपालीहरुको वैदेशिक रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरिया पनि वैश्विक रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट प्रभावित बनेको छ । यहाँ हालसम्म २४ हजार १०२ जना संक्रमित भएका छन् भने ४२४ जनाको मृत्यु भएको छ । आजमात्रै ७५ जना थप संक्रमित थपिएका छन् । कोरियामा हालसम्म ८ जना नेपालीमा संक्रमिण देखिएको छ ।

    शनिबार, असोज १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न
    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • २.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ३.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ४.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • ७.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ८.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.