• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

सांसद थापाको प्रश्नः हाम्रा छोरीचेली कहिल्यै सुरक्षित रहन पाउँदैनन? (भिडियो)


  •   शुक्रबार, असोज १६, २०७७ मा प्रकाशित
  • पोखरा । गण्डकी प्रदेशका सांसद पियारी थापाले देशमा दण्डहीनता झन् झन् मौलाउँदै गएको बताउनुभएको छ । प्रदेश संसदको बैठकलाई शुक्रबार सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका सांसद थापाले महिला तथा बालबालिकाहरुमाथि जघन्य अपराधका घटना बढेर गएको बताउनुभयो ।

    Advertisement

    मुलुकमा तीन तहको सरकार भएपनि सरकार हरेक ठाउँमा असफल हुँदै गएको थापाले आरोप लगाउनुभयो । उहाँले भ्रष्टाचार नियन्त्रण, सुशासन वा विकास निर्माण कहिँ पनि सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताउनुभयो ।

    सांसद थापाले भन्नुभयो, ‘भ्रष्टाचार न्यूनीकरण गर्ने सवालमा होस्, विकास निर्माण गर्ने सवालमा होस्, सुशासनको सवालमा होस् वा शान्ति सुरक्षा प्रत्याभूत गर्ने सवालमा । अथवा पटक–पटक लकडाउनको बन्दीपछि कोभिड–१९ को नियन्त्रन गर्ने सवालमा फ्याँकेको सरकारका सबै रामबाणको तिर भुत्ते भएको छ ।’

    सांसद थापाले महिला तथा बालबालिकाहरु दिनदिनै विभिन्न हिंसाबाट पीडित हुनु परेको भन्दै यसको मुख्य जिम्मेवारी सरकार लिनुपर्ने हो कि होइन ? भनि प्रश्न पनि गर्नुभयो । निर्मला पन्त, सम्झना विकलगायत बालिकाहरुको बलात्कारपछि हत्या गर्नेजस्तो जघन्य अपराधलाई सरकारले निस्तेज पार्न नसकेको उहाँले बताउनुभयो ।

    ‘बालबालिकालाई सुरक्षित राख्न अब नेपाली जनताले कुन लोकको सिर्जना गर्नुपर्ने हो ?’ थापाले प्रश्न गर्नुभयो, ‘के हाम्रा छोरीचेलीले कहिल्यै पनि सुरक्षित रहन सक्दैनन् ?’

    उहाँले यसप्रति सरकारले क्षमायाचना गरि यथाशीघ्र सुरक्षाको व्यवस्था गर्न माग पनि गर्नुभयो । कतिपय विषय मिलेमतोमा गुपचुप पारिएको र सामान्य प्रकारको मिलापत्र बनाएर अपराधीलाई उन्मुक्ति दिइएको प्रति पनि उहाँले आपत्ति जनाउनुभयो ।

    सांसद थापाले महिला तथा बालबालिकामाथि हुने हिंसाका मुद्दा फास्ट ट्रयाकबाट टुंगो लगाउन माग पनि गर्नुभयो । दण्डहीनता एवं महिला र बालहिंसाविरुद्ध महिला सांसदहरुले आफ्नो भूमिका बढाउनुपर्ने आवश्यकतामा जोड दिँदै उहाँले सशक्त आवाज उठाउन सैसँग आग्रह गर्नुभयो ।

    शुक्रबार, असोज १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ
    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय
    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    युगदर्शन कहिल्यै थाक्ने छैन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

    • २.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    • ३.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • ४.
      हार्दिक शुभकामना

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ६.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • ७.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ८.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.