काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६३८ कोरोना संक्रमित थपिएका छन्। उपत्यकामा यो हालसम्मकै उच्च संक्रमण हो।
Advertisement
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
योसँगै उपत्यकामा कोराना संक्रमितको संख्या २६ हजार ७४१ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
हालसम्म काठमाडौंमा २१ हजार ६७३, ललितपुरमा २ हजार ६८७ तथा भक्तपुरमा २ हजार ३८१ संक्रमित पुगेका छन्। पछिल्लो २४ घण्टामा देशभर २ हजार ७२२ कोरोना संक्रमित थपिएका छन्। योसँगै संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ।