काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८२ हजार ४ सय ५० पुगेको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्मकै बढी संक्रमित थपिएको जानकारी दिनुभयो ।
देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २३४ रहेको छ। देशभर संस्थागत आइसोलेसनमा ९ हजार ४७४ संक्रमित तथा होम आइसोलेसनमा ११ हजार ७६० संक्रमित रहेका छन्।
पछिल्लो २४ घण्टामा १४ हजार ७३९ जनाको पीसीआर परीक्षण गरिएको थियो। हालसम्म १० लाख ४८ हजार ६८६ जनाको पीसीआर परीक्षण गरिएको छ।
पछिल्लो २४ घण्टामा ३ हजार ३०७ कोरोना संक्रमित निको भइ घर फर्किएका छन्। योसँगै कोरोना निको हुनेको संख्या ६० हजार ९६ पुगेको छ। पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ। योसँगै कुल मृतकको संख्या ५२० पुगेको छ।