काठमाडौँ । नेकपा (मसाल), राष्ट्रिय जनमोर्चासहितका २० राजनीतिक पार्टी तथा सङ्घसंस्थाहरूले समसामयिक विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गर्ने भएका छन् । भर्चुअल माध्यमबाट आगामी १७ गते उक्त कार्यक्रम सम्पन्न हुने भएको हो ।
Advertisement
“राष्ट्रमा उत्पन्न समस्या र त्यसको निकास” विषयमा सो अन्तक्र्रिया हुने आयोजकको तर्फबाट अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कार्यक्रममा २० वटै राजनीतिक दल तथा सङ्घसंस्थाका प्रतिनिधिहरूले मन्तव्य राख्ने भएका छन् ।
बिहीबार बसेको आयोजकको बैठकले सो निर्णय गरेको भैरवराज रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले देशका सामु उत्पन्न समस्याको समाधानका लागि आन्दोलन सङ्गठित गर्नका लागि सो कार्यक्रमको आयोजना गर्न थालिएको हो ।