कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष रामसिंह धामीलाई अज्ञात समूहले आक्रमण गरेको छ । आक्रमणबाट वडाअध्यक्ष धामीको छाती र पेटमा चोट लागेको छ ।
Advertisement
मंगलबार साँझ धारिलो हतियार प्रयोग गरेर आफूमाथि आक्रमण भएको धामीले बताउनुभयो । वडाअध्यक्ष धामीका अनुसार दिनभर नगरपालिकाको काममा व्यस्त रहेर साँझ घर फर्कने क्रममा बाटोमा बसेका ६/७ जनाको समूहले आक्रमण गरेका थिए ।
‘नगरपालिकाबाट साँझ घर फर्कँदै थिएँ, बाटो ढुकेर बसेका केटाहरुको समूहले मोटरसाइकल रोकेर एक्कासी आक्रमण गरे’ धामीले युगदर्शनसँग भन्नुभयो, ‘मास्क लगाएका थिए । चिन्न पनि सकिएन र किन आक्रमण भयो भन्ने पनि थाह हुन सकेन ।’
धामीको महाकाली अञ्चल अस्पतालमा सामान्य उपचार पछि अहिले उहाँ घर फर्कनुभएको छ ।

