शक्तमान बुढाथोकी, हङकङ ।
हङकङमा कोरोना भाइरसको संक्रमणका बाबजुद पनि स्कूल कलेज सञ्चालनमा आएका छन् । यही महिना २३ सेप्टेम्बर २०२० का दिनदेखि उच्च सटर्कताका साथ शैक्षिक संस्था खुल्न थालेका हुन् ।
Advertisement
हङकङमा कोरोना भाइरसका संक्रमितको संख्या ५०८० पुगेको छ । गएको २४ घण्टामा ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ भने अहिलेसम्म मृत्यु हुनेको संख्या १०५ पुगेको हङकङ स्वास्थ्य विभागले जनाएको छ ।
हङकङमा यसअघि संक्रमितहरुलाई क्वारेन्टिन मा बस्ने व्यवस्था यहाँको सरकारले नै गर्दथयो भने अहिले संक्रमितहरु १४ दिन सेल्फ क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था मिलाइएको छ ।