अर्घाखाँची । शीतगंगा नगरपालिका–१२ जोख्लेगैराका पहिरोपीडित २३ घर परिवारलाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले राहत वितरण गरेको छ।
Advertisement
पहिरो पीडितहरुका ५ जना भन्दा कम परिवार सदस्य भएकाहरुलाई १५ हजार नगद र एउटा त्रिपाल दिएको छ भने ५ जना सदस्य भन्दा धेरै रहेका परिवारहरुलाई २० हजार नगद तथा एउटा त्रिपाल हस्तान्तरण गरिएको छ ।
अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले शीतगंगा नगरपालिका वडा नं. १२ को कार्यालयमा पीडितहरुलाई सो राहत हस्तान्तरण गर्नुभएको हो ।
त्यस क्रममा पीडितलाई जम्मा तीन लाख ९५ हजार नगद र त्रिपाल हस्तान्तरण गरिएको छ । कार्यक्रममा वडा नं. १२ का अध्यक्ष बाबुराम गैरे लगायत जिल्लाका सबै सुरक्षा निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो ।