काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) बाट आज थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ महिला र ८ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौँका एक महिलासहित ३ र बाँकेमा एक महिलासहित ३ जनाको मृत्यु भएको छ ।
काठमाडौँमा ५७ वर्षीया महिला, ६० र ७० वर्षीय पुरुष रहेका छन् भने बाँकेमा ७६ वर्षीया वृद्धा, ५३ र ३९ वर्षीय पुरुष रहेका छन् । यस्तै मोरङमा ६८ वर्षीय पुरुष, सर्लाहीमा ७२ वर्षीया महिला, महोत्तरीमा ५८ वर्षीय पुरुष र चितवनमा ५५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४ सय ९१ पुगेको छ ।
आज १५ सय १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । १० हजार ८ सय ९१ पिसिआर परीक्षण भएकोमा ५ सय ५६ महिला र ९ सय ९७ जना पुरुषमा सङ्क्रमण देखिएको छ । उपत्यकामा आज ९ सय ३४ जनामा सङ्क्रमण देखिएको छ । काठमाडौँमा ४ सय ४७, भक्तपुरमा ७३ र ललितपुरमा १ सय १४ जनामा सङ्क्रमण देखिएको छ । देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार ३ सय ९६ जना रहेका छन् ।
संस्थागत आइसोलेसनमा आज प्रदेश नम्बर १ मा ३ सय ५७, प्रदेश नम्बर २ मा ६ सय ९८, बागमती प्रदेशमा ६ हजार ५ सय ३२ र गण्डकी प्रदेशमा ४ सय ४६ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ८ सय १४, कर्णाली प्रदेशमा ३ सय ५३ र सुदूरपश्चिम प्रदेशमा ८ सय ८९ गरी देशभरि ९ हजार ६ सय ८९ जना रहेका छन् । यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ३ सय ७१, प्रदेश नम्बर २ मा ६ सय २२, बागमती प्रदेशमा ६ हजार ४ सय ४७ र गण्डकी प्रदेशमा ४ सय ८९ जना सङ्क्रमित रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ३ सय ९०, कर्णाली प्रदेशमा २ सय ४२ र सुदूरपश्चिम प्रदेशमा १ सय ४६ गरी देशभरि १० हजार ७ सय ७ जना सङ्क्रमण होम आइसोलेसनमा रहेका छन् ।
आज ७ सय ३१ जना डिस्चार्ज भएका छन् । आजसम्म प्रदेश नम्बर १ मा ५ हजार ७०, प्रदेश नम्बर २ मा १३ हजार ५ सय ६३, बागमती प्रदेशमा १५ हजार ३ सय ११ र कर्णाली प्रदेशमा ३ हजार २ सय ९३ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ८ हजार ५ सय ७१ कर्णाली प्रदेशमा २ हजार ८ सय ६५ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ६ सुय ८९ जना गरी ५५ हजार ३ सय ७१ जना डिस्चार्ज भएका छन् ।