खिमराज चालिसे, चंडीगढ़ (भारत) ।
अर्घाखाँचीका एक युवकको भारतको पंजाब राज्यको लुधियाना शहर स्थित ढोलेवाल भन्ने स्थानमा मृत्यु भएको छ।
Advertisement
कामको खोजीमा भारत पसेका अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ७ खाँचीकोट मैदानका खेमराज पुरी र हरिकला पुरीको छोरा २० वर्षीय महेश पुरीको ज्यान गएको होे ।
लुधियानाबाट मूल प्रवाह अखिल भारत नेपाली एकता समाज इन्डस्ट्रियल एरिया सदस्य तथा समता विभाग सदस्य भगत विकले दिनुभएको जानकारी अनुसार महेश एक हप्ता पहिला मात्र गुजरातबाट लुधियाना मजदुरी गर्ने गरी आएका थिए ।
तर उनी आएको दुइ दिनपछि नै बिरामी भएका थिए । उनलाई डेंगू भएको रिपोर्ट आएको विकले बताउनुभयो ।
उनको सेप्टेम्वर २६ को साँझ साढे ७ बजे निधन भएको बुझिएको छ ।

