काठमाडौं । प्युठानमा बाटो खन्दै गरेको डोजरमाथि पहिरो खस्दा अपरेटरको मृत्यु भएको छ । सोमबार मदन भण्डारी लोकमार्गअन्तर्गत माण्डवी गाउँपालिका–१ डाम्रिखोला नजिकै बाटो खनिरहेको बा२क ६९३९ नम्बरको डोजरमाथि पहिरो खसेको हो ।
Advertisement
त्यस क्रममा ज्यान जोगाउन हाम फालेका अपरेटर अर्घाखाँची शितगंगा ८ लाहापेका ४१ वर्षीय नरसिंह बुढामगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानका सई प्रविण आचार्यका अनुसार खस्दै गरेको पहिरो देखेर ज्यान बचाउन डोजरबाट हामफालेका चालकलाई डोजरसँगै पहिरोले पुरेको र उनको घटनास्थलमै ज्यान गएको थियो ।
घटनाबारे जानकारी हुनासाथ पुगेको प्रहरीले पहिराले पुरिएको अवस्थामा मृतकलाई निकालेको थियो भने डोजरसमेत बाहिर निकालेको सई आचार्यले बताउनुभयो ।