• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बोबाङका बाढीपीडित नागरिकलाई गल्कोट समाज जापानको २८ लाख ८० हजार सहयोग


  •   सोमबार, असोज १२, २०७७ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ ।

    Advertisement

    भदौ १७ गते राती भारी वर्षापछि भुजिखोलामा आएको भिषण बाढीले ढोरपाटन नगरपालिकास्थित वडा नंं ७, ८ र ९ मा अकल्पनीय क्षति पुर्याएकोमा बाढी प्रभावित नागरिकलाई एनपिओ गल्कोट समाज जापानले २७ लाख ८० हजार ४ सय ७८ राहत सहयोग गरेको छ ।

    गल्कोटबाट रोजगारी र अध्ययनको सिलसिलामा जापानमा रहेका गल्कोटबासीको संस्था गल्कोट समाज जापानले उक्त रकम बाढी प्रभावितलाई सहयोग गरेको समाजका अध्यक्ष दिलु खत्रीले जानकारी दिएका छन् । समाजले जापानमा सङ्कलन गरेको उक्त रकम गल्कोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेमार्फत ढोरपाटन नगरपालिकाको दैवी प्रकोप राहत कोषमा उपलब्ध गराएको अध्यक्ष खत्रीले बताए ।

    गल्कोट समाज जापानको आग्रहअनुसार २०७७ असोज १२ गते ढोरपाटनमा राहत रकमको भौचर हस्तान्तरण गर्दै गल्कोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले प्रवासमा रहेका गल्कोटबासीले दुःख गरी कमाएको कमाइको केही अंश बाढी प्रभावितलाई दुःखमा मलम लगाउन सहयोग गरेको भन्दै उक्त राहतको सही सदुपयोग गर्न आग्रह गरे ।

    सो अवसरमा बोल्दै ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले प्रवासबाट उपलब्ध भएको रकमले बाढी तथा पहिरो प्रभावितका लागि ५ लाख रुपियाँमा प्रतिघर हुने गरी ६ वटा घर गल्कोट समाज जापानको नाममा निर्माण गरिने घोषणा गरे । उनले गल्कोट समाज जापानप्रति आभार व्यक्त गर्दै गल्कोट समाजको आग्रहअनुसार आवास निर्माण तत्कालै सञ्चालन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

    ढोरपाटन नगरपालिकाका नगर प्रमुख नेपालीले गल्कोट नगरपालिकाबाट विभिन्न सङ्घसंस्था तथा व्यक्तिबाट गरी हालसम्म ३७ लाख २८ हजार २ सय ६८ रुपैयाँ उपलब्ध गराएको बताउँदै सहयोगी मनलाई धन्यवाद ज्ञापन गरेका छन् ।

    गत भाद्र १७ गते गएको बाढीपहिरोमा परी गल्कोटका १ सहित २२ जनाको ज्यान गएको र १५ जना अझै बेपत्ता रहेको अवस्थालाई मध्यनजर गरी तत्काल राहत सङ्कलन अभियान सञ्चालन गरेको गल्कोट समाज जापानका महासचिव कृष्ण केसीले जानकारी दिए । राहत रकम सङ्कलनमा गल्कोटबाट जापानमा रहेका प्रवासी ६ सय जनाभन्दा बढी व्यक्तिको सहभागिता रहेको केसीले बताए ।

    कार्यक्रममा ढोरपाटन नगरपालिकाले एकमुष्ठ राहत सङ्कलन तथा वितरण गरिरहँदा गत भदौ १७ गते ढोरपाटन नगरपालिकाको बाढीमा परी ज्यान गुमाएका गल्कोट नगरपालिका वडा नं. ४ का नवीन भण्डारीको परिवारलाई समेत नभुल्न नगरपालिकालाई सुझाएका थिए ।

    सोमबार, असोज १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.