काठमाडौं । नेपाली कांग्रेस सांसद प्रकाश रसाइली ‘स्नेही’ दुर्घटनामा घाइते हुनुभएको छ ।
Advertisement
सोमबार बिहान काठमाडौंको टेकुमा सांसद रसाइली चढेको बा ६५ प ५६७३ नम्बरको स्कुटरलाई बा २ ख ९८१० नम्बरको माइक्रोले ठक्कर दिएको हो।
सांसद रसाइलीको दायाँ हातमा गम्भीर चोट लागेको र खुट्टामा पनि घाउ भएको जनाइएको छ । उहाँको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।