माधव खनाल, अर्घाखाँची ।
भूमिकास्थान नगरपालिका–१ आमडाँडामा राष्ट्रिय जनमोर्चाका प्रशिक्षण भेला सम्पन्न भएको छ । प्रशिक्षणात्मक भेलालाई राजमोका केन्द्रीय सदस्य झविलाल थापा, राजमो अर्घाखाँची जिल्ला सदस्य मेघराज खनाल, भूमिकास्थान नगर सदस्य भोजराज खनाल, अखिल नेपाल महिला संघकी शुसिला वैजाली, जनजाति सम्मेलनका गणेश घर्ती लगायतले प्रशिक्षण दिनुभएको थियो ।
भेलाले गणेश घर्ती अध्यक्ष रहेको नौ सदस्यीय राष्ट्रिय जनमोर्चा आमडाडा टोल समिति गठन गरेको छ । जसको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा शुमित्रा थापा, सन्तोष पुन, शुसिला वैजाली, गोपाल घर्ती चयन हुनुभएको छ । सदस्यहरुमा रबिन्द्र पुन लोकबहादुर पुन यमकला पुन खिमा थापा पदम थापा रहनुभएको छ ।
भेलाले शुसिला वैजाली अध्यक्ष रहेको सात सदस्यीय अखिल नेपाल महिला संघ आमडाडा टोल समिती पनि गठन गरेको छ । जसको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः सुमित्रा थापा, सावित्रा घर्ती, कुमारी राना, धनकला राना तथा सदस्यहरु डमा घर्ती मगर र भिमा घर्ती रहनुभएको छ ।
सोही भेलाले लोकबहादुर पुन अध्यक्ष रहेको एक्काइस सदस्यीय अखिल नेपाल युवक संघ आमडाडा टोल समिती गठन गरेको छ । जसको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष क्रमशः गोपाल घर्ती, बाबुराम बैजाली, सन्तोष पुन, ललित घर्ती रहनुभएको छ ।
सदस्यहरुमा चुरन वैजाली, असोक घर्ती, बेगम घर्ती, प्रकाश घर्ती, निरज घर्ती, सुनिल पुन, जोतिस थापा, राजेस पुन, जनक थापा, मनिष थापा, मिलन पुन, सन्तोष रोका, सुवास पुन, सुरज थापा, सुरज पुन, र अरुण थापा चयन हुनुभएको छ ।
कार्यक्रम राष्ट्रिय जनमोर्चाका वयोवृद्ध नेता जुद्दबहादुर वैजालीको अध्यक्षता र भोजराज खनालको सञ्चालनमा अघि बढेको थियो ।
राजमोले साताब्यापी रूपमा भूमिकास्थान नगरपालिका वडा न १ मा भेला, प्रशिक्षण, अन्तरक्रिया र संगठन बिस्तार अभियान चलाउने वडा समितिका अध्यक्ष मेघराज खनालले बताउनुभयो ।