बुटवल । प्रदेश ५ का सांसद तारा जिसीले प्रदेश संरचनाको औचित्य नरहेको बताउनुभएको छ । ‘कोभिड–१९ मा प्रदेशका महिला सांसदहरुको भूमिका’ बिषयक भर्चुअल कार्यक्रममा राष्ट्रिय जनमोर्चाकी सांसद जिसीले कोरोना नियन्त्रणमा कोरोना नियन्त्रणमा प्रदेशको भूमिकाले नै यसको औचित्य नरहेको प्रमाणित गरिसकेको बताउनुभएको हो ।
सांसद जिसीले भन्नुभयो, ‘कोरोना नियन्त्रणमा स्थानीय सरकारको भूमिका केही सकारात्मक छ तर जति हुनुपर्ने हो त्यति प्रभावकारी छैन । तर प्रदेश सरकारको कुनै भूमिका छैन ।’
उहाँले राजमोले संघीयता र प्रदेशको औचित्यता नै नभएको कुरा बारम्बार उठाउँदै आउनु कति अर्थपूर्ण र वास्तविकतासित जोडिएको छ भन्ने तथ्य माहामारी नियन्त्रणमा प्रदेशको भूमिकाले स्पष्ट गरेको बताउनुभयो ।
सांसद जिसीले कोरोना संक्रमण नियन्त्रणका लागि महिला सांसदहरुलाई भूमिका नदिइएको भन्दै थप भूपमकाको लागि आवाज उठाउनुपर्ने बताउनुभयो ।