• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

कुवेतमा नेपाली रक्तदाता संघ स्थापना


  •   शुक्रबार, असोज ०९, २०७७ मा प्रकाशित
  • खुम रायमाझी, कुवेत ।
    नेपाली रक्तदाताहरुको अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्थाको रुपमा नेपाली रक्तदाता संघ कुवेत स्थापना भएको छ । कोरोनाको बर्तमान अवस्थामा केन्द्रसँग समन्वय गरी केही समय यता आन्तरिक तयारीमा रहेको कुवेत शाखा आजदेखि आधिकारिक रूपमा गठन भएको हो ।

    Advertisement

    कुवेतमा नेपाली समाजमा परिचित ब्यक्तित्वहरु समाबेश संस्थाको नेतृत्व समाजसेवी रुपेन हमालले गर्नुहुनेछ भने उपाध्यक्षमा जयनारायण थारु र राज मल्ल ठकुरी रहनुभएको छ । त्यसैगरी सचिवमा गुलाम नबी मनसुर, सह–सचिबमा गङ्गा सुबेदी र कोषाध्यक्षमा दिपेन्द्र खाँड चयन हुनुभएको छ ।

    मिडिया प्रमुखमा युग लामासँगै सदस्यहरुमा सन्जय बास्कोटा, दुर्गा ढकाल, दिपा राना मगर र अमित गौतम रहनुभएको छ । तत्कालको लागि ११ सदस्य कार्यसमिति चयन गरेको कुवेत शाखाले छिट्टै समिति बिस्तारमा लाग्ने जनाएको छ ।

    समितिको चयन (भर्चुअल) बैठकद्वारा भएको थियो भने बैठकको अध्यक्षतामा अन्तर्राष्ट्रिय रक्तदाता संघका अध्यक्ष अजय सत्यालले गर्नु भएको थियो । बैठकको सञ्चालन संस्थाका केन्द्रीय महासचिव राहुल रेग्मीले गर्नु भएको थियो । बैठकमा उपाध्यक्ष एभरेस्ट गौतम, उपाध्यक्ष बिनोद भट्टराई, कुवेत प्रतिनिधि डम्बर रिमाल तथा संस्थाका अन्य केन्द्रीय पदाधिकारीहरुको उपस्थित रहेको थियो ।

    सन २०१४ यता कुवेतदेखि अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ (आईएनबीडीए) का सक्रिय सदस्य डम्बर प्रसाद रिमालक‍ो विशेष पहलमा गठित कुवेत शाखाले स्थानीय स्तरमा रक्तदानको क्षेत्रमा नयाँ आयाम सुरुवात गर्ने विश्वास गरिएक‍ो छ ।

    अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ (आईएनबीडीए) सन् २०१४ मा अमेरिकाको कानुन अनुसार विधिबत दर्ता भइ स्थापना गरिएको एक गैर धार्मिक, गैर राजनीतिक र गैर नाफामुखी संस्था हो । जसले विश्वका २५ भन्दा बढी देशहरूमा आफ्नो सञ्जाल फैलाएको छ ।

    यस संस्थाको मुख्य उद्देश्य भनेको विश्वमा रहेका नेपाली समुदायलाई नियमित रुपमा रक्तदान गर्न सहयोग र उत्प्रेरित गर्नु, नियमित रुपमा रक्तदानको व्यवस्था गर्न स्थानीय समितिहरू स्थापना गर्न सहयोग पुर्याउने, रक्तदानको महत्वका बारे चेतना जगाउने, नियमित रक्तदाताहरुको संख्या बढाउन सहयोग गर्ने र नेपाली रक्तदाताहरु र रक्तदान कार्यक्रमलाई सहयोग पुर्याउने विभिन्न एजेन्सीहरुको सहयोगमा नेपाली समुदायहरूको सेवा गर्ने हो ।

    नेपालमा हाल रहेको सोधभर्ना रक्तदान प्रबृत्तिलाई पूर्ण स्वयंमसेवी रक्तदानमा परिणत गर्दै नेपाललाई रगत अभाव मुक्त राष्ट्र बनाउने बृहत् उद्देश्य लिई स्वयंमसेवी रक्तदान अभियानमा समर्पित ब्यक्ति तथा संस्थाहरुसँग एकबद्ध हुँदै रक्तदान सम्बन्धी उत्प्रेरणा, बहस पैरवी लगायत बिशेषतः रक्तदान कार्यक्रम सञ्चालनमा सहकार्य गर्ने गराउने उद्देश्य यस संस्थाले लिएको छ।

    अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघले बिभिन्न देशमा आफ्नो भगिनी संस्थाका रुपमा नेपाली रक्तदाता संघ स्थापना गर्दै आईरहेको छ ।

    हालसम्म नेपाली रक्तदाता संघ नेपाल, भारत, फ्रान्स, युएई, कतार, युके, कुवेत, अष्ट्रेलियामा स्थापना गरी सकेको छ भने क्यानडा, जापान, इटली लगायतका देशहरुमा स्थापनाको तयारिमा रहेको छ ।

    शुक्रबार, असोज ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.