अर्घाखाँची । शीतगंगा नगरपालिका –१२ जोख्लेगैरामा शुक्रबार पहिरोले १८ वटा घर बगाएको छ । पहिरोबाट मानवीय क्षति नभएपनि अन्नपात, धनसम्पत्ति र पशुचौपाय मरेका छन् ।
Advertisement
दिउँसो साढे १२ बजेदेखि पहिरो जान थालेपछि मानिसहरु भागेका थिए । शुक्रबार साँझसम्म १८ वटा घर भत्किएका र त्यहाँका ४२ परिवार भागेका वडाध्यक्ष वावुराम गैरेले बताउनुभयो । विस्थापित परिवारलाई स्थानीय विद्यालयमा बासोबासको व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।
प्रभावित क्षेत्रमा प्रहरी र सेना परिचालन गरिएको छ । तर रात परेकाले केही गर्न सक्ने अवस्था छैन । उज्यालो भएपछि मात्रै क्षतिको विवरण र थप उद्धारको काम हुने जनाइएको छ ।

