काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आगामी मंसिर ११ र १२ गते हुने निश्चित भएको छ । सरकारले निर्वाचन गर्न अनुमति प्रदान गरेसँगै निर्वाचन निश्चित भएको हो ।
Advertisement
महासंघका अनुसार गृह मन्त्रालयले कोभिड १९ सँग सम्बन्धित स्वास्थ्य मापदण्ड पालना गरेर निर्वाचन गर्न अनुमति दिएको छ । गृह मन्त्रालयले २५ जना भन्दा बढी भेला नहुने गरी निर्वाचन गर्न अनुमिति दिएको हो ।
महासंघको निर्वाचन चैत २८ र २९ गते हुनपर्ने थियो तर लकडाउनपछि निर्वाचन सरेको थियो । रोकिएको निर्वाचन कसरी गर्न सकिन्छ भन्ने विषयमा महासंघले एक कार्यलन नै गठन गरेको थियो ।
कोरोना संक्रमणको समयमा साधारण सभा भर्चुअल विधिबाट तथा निर्वाचन भने प्रदेश प्रदेशमा र केन्द्रीय तहमा बाँडफाँड गरेर गर्न सकिने महासंघले जनाएको छ ।