• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

११ दलीय मोर्चामा थपिए तीन दल, यस्तो छ पाँच बुँदे संयुक्त वक्तव्य


  •   शुक्रबार, असोज ०९, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट (मसाल) र क्रान्तिकारी माओवादी सहितका ११ राजनीतिक दलको संयुक्त मोर्चा अब १४ दलीय मोर्चा बनेको छ । संयुक्त आन्दोलनमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (बोल्सेभिक) र राष्ट्रवादी केन्द्र, नेपाल थपिएका हुन् ।

    Advertisement

    ११ दलीय मोर्चाको हालै सम्पन्न बैठकले यी तीन दललाई सामेल गर्नुका साथै केही महत्वपूर्ण निर्णयहरुसमेत गरेको छ । समसामयिक विषयमा संयुक्त अन्तरक्रिया कार्याक्रम आयोजना गर्नुका साथै राष्ट्रियताका तात्कालिन मुद्दामा साझा धारणा बनाएको देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलद्वारा शुक्रबार पे्रशित वक्तव्यमा उल्लेख छ ।

    यस्तो छ, वक्तव्य
    लामो समयदेखि बिभिन्न राजनीतिक विषयमा कार्यगत एकता कायम गरी संघर्ष गर्दै आएका ११ राजनीतिक संगठनको वैठक हालै सम्पन्न भयो । बैठकले गरेका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

    निर्णयहरु
    १.१ कोभिड १९को सम्वन्धमा
    – यहि विद्यमान संविधानको समेत धज्जी उडाउँदै यो विश्वव्यापी महामारीको उपचारबाट पन्छिने र विरामीले आफ्नो उपचारको जिम्मेवारी आफैंले लिनुपर्ने जस्ता सरकारले गरेको गैर जिम्मेवारी पूर्ण र आततायी निर्णय अविलम्ब फिर्ता गरी निःशुल्क उपचारको व्यवस्था गर्न,
    –पीसीआर परीक्षण अहिलेको भन्दा तीन गुणा बढाउन,
    – कोरोना भाइरसको आशंका देखाई अन्य विरामीको उपचार नगर्ने अस्पताल माथि कडा कारवाही गर्दै सबै किसिमका विरामीहरुको उपचार गर्न,
    – कोभिड–१९ को खर्चको विवरण तुरुन्त सार्वजनिक गर्न सक
    –कारागारमा रहेका राजनीतिक तथा अन्य बन्दीहरुको कोरोना भाइरस लगायत सबै रोगको उपचारको अविलम्ब व्यवस्था गर्न
    – उपचार सामग्री र औषधी खरिदमा भएको भ्रष्टाचारको छानविन गरी भ्रष्टाचारी माथि कारवाही गर्न सरकार सँग जोडदार माग गर्ने निर्णय गरिएको छ ।
    – भोक्भोकै परेका विपन्न वर्गका जनता प्रति सरकारले कुनै जिम्मेवारी नलिइराखेको अवस्थामा खानपिन लगायत अन्य सहयोग गर्ने सबै स्वयम्सेवी संस्थाहरु र जनसेवी व्यक्तिहरुलाई बैठकले धन्यवाद ज्ञापन गरेको छ ।
    १.२ अन्य विषयहरु
    –दलितहरु माथि भैरहेका हत्या, हिंसा र उत्पीडनमा संलग्नहरु माथि कडा कारवाही गरी यसको अन्तकालागि ठोस कदम चाल्न,
    –सम्पूर्ण बेरोजगारलाई बेरोजगार भत्ता दिनुका साथै बेरोजगार ज्यालादारी मजदुर र विपन्न वर्गका जनतालाई कम्तिमा आगामी ६ महिनाको रासनको एकमुष्ठ व्यवस्था गर्न,
    – दीर्घकालिन रोजगारीको योजना बनाई त्यसलाई छिट्टै लागु गर्न,
    – धान बालीका लागि अविलम्ब रासायनिक मल उपलव्ध गराई, त्यसमा भएको ढिलाईका कारण उत्पादनमा आउन सक्ने १५ प्रतिशत ह्रासको क्षतिपूर्ति दिने व्यवस्था गर्न,
    – बाढी, पहिरो र डुबानमा परेका पीडितहरुको अविलम्ब बसोवास, खाद्यान्न, उपचार र क्षतिपूर्तिको व्यवस्था गरी उनीहरुलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था गर्न,
    – प्रहरीद्वारा हिरासतमा राखिएकाहरु माथि बर्बर यातना दिइएका र मृत्यवरण गर्नु परेका घटनाहरु सार्वजनिक भएका छन्, दोषीहरु माथि कडा कारवाही गर्न र यसलाई पूर्णरुपमा नियन्त्रण गर्न,
    – भ्रष्टाचारी, तस्कर, कमिशनखोरहरु माथि कडा कारवाही गरी यसलाई तुरुन्त नियन्त्रण गर्न,
    –आकासिएको महँगीलाई तुरुन्त नियन्त्रण गर्न, जोडदार माग गर्ने ठेगान भएको छ ।

    २. एमसीसीका सम्वन्धमा
    विगतमा हामीले समेत एम।सी।सीलाई संसदबाट पारित हुनबाट रोक्ने काममा महत्वपूर्ण भूमिका खेलेका थियौं । सत्ताधारी नेकपा भित्र “एकता” कायम गर्ने सन्दर्भमा एम।सी।सी सम्वन्धमा जुन आन्तरिक सहमति कायम भएको छ, त्यसमाथि र अमेरिकी राजदूतले सार्वजनिक गरेको विषयमा समेत ध्यान दिँदा संसदको आगामी सत्रबाट यसलाई अनुमोदन गरिने खतरा बढेको छ । यसको संशोधन र परिमार्जन होइन खारेजीका लागि विविध प्रकारका संघर्षका कार्यक्रमलाई अघि बढाउने तयारीमा सकृयताका साथ लाग्नेनिर्णय भएको छ ।

    ३. लिम्पियाधुरा–कालापानी–लिपुलेक सहितको नक्शा जारि गराउन सक्नु हामी सबैको सफलता हो । परन्तु, यो भूभागलाई हासिल गर्न र कालापानीबाट भारतीय सेना फिर्ता गराउन ओली सरकारले कुनै भूमिका नखेल्नु, उक्त विवादित क्षेत्रमा भारत सरकारलेबस्ती बसाल्दा सन्चो मानेर बस्नुर शिक्षा मन्त्रालयबाट यो नक्शा सहित नेपालको विवरण छापिएको पुस्तकलाई प्रतिवन्ध लगाउनुले ओली सरकारले यस विषयमा भारत सरकार सँग आत्मसमर्पर्ण सक गरिसकेको देखिन्छ । अतः हाम्रो गुमेको भूभाग हासिल गर्न विविध प्रकारका संघर्षका कार्यक्रमलाई अघि बढाउने तयारीमा लाग्ने निर्णय भएको छ । त्यो संघर्षलाई साथ दिनका लागि सम्पूर्ण जनसमुदायलाई हार्दिक अपील गर्दछौँ । राष्ट्रियता, जनतन्त्र, जनजीविका आदि जनसरोकारका विषयहरुमा सरकार गम्भीर नभई उदासिन र गैरजिम्मेवार देखिएको छ । सरकारको उक्त रवैयाको हामीले विरोध गर्दछौँ । उपर्युक्त विषयमा सरकारको त्यसप्रकारको रबैया कायम भइरहेमा भविष्यमा संघर्षका उच्च कार्यक्रम अगाडि बढाउनुपर्ने आवश्यकतामाथि हामीले जोड दिन्छौँ ।

    ४. अहिलेसम्म ११ दलको कार्यगत एकता कायम रहँदै आएकोमा अबदेखि वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी९बोल्सेभिक० र राष्ट्रवादी केन्द्र, नेपाल समेत थप भई १४ दलको कार्यगत एकता निर्माण गरिएको छ । आगामी दिनमा यस कार्यगत एकतामा अन्य संगठनलाई पनि सामेल गराउने प्रयत्न जारी रहने छ ।

    ५.देशका जल्दा बल्दा समस्यालाई केन्द्रीत गरी आपसी सल्लाहबाट एउटा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय भएको छ ।

    उपस्थितिः
    १. मोहनविक्रम सिंह महामन्त्री, नेकपा (मसाल)
    २. मोहन वैद्य (किरण), महासचिव, नेकपा (क्रान्तिकारी–माओवादी)
    ३. सीपी मैनाली, महासचिव, नेकपा (माले)
    ४. चित्रबहादुर केसी,अध्यक्ष, राष्टिूय जनमोर्चा
    ५. सीपी गजुरेल, अध्यक्ष, देशभक्त जनगणतान्त्रिक मोर्चा
    ६.लोकनारायण सुवेदी, सहसंयोजक, नेपाल कम्युनिस्ट पार्टी
    ७. गोपाल किराती, अध्यक्ष, नेकपा (माओवादी केन्द्र)
    ८. सुभासराज काफ्ले, अध्यक्ष, जनसमाजवादी पार्टी, नेपाल
    ९. साध्यबहादुर भण्डारी, राष्ट्रिय जनजागरण परिषद, नेपाल
    १०. केदारप्रसाद शर्मा, महासचिव, नेकपा (संयुक्त)
    ११. गुणराज लोहनी, संयोजक,राष्ट्रिय जागरण मंच

    शुक्रबार, असोज ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • २.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ३.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ४.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ५.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ६.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ७.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ८.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.