• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

खोलामा राहत बगाउने बागलुङका वडासदस्यलाई बचाउन तयार गरियो कीर्ते हस्ताक्षर


  •   शुक्रबार, असोज ०९, २०७७ मा प्रकाशित
  • काठमाडौँ । प्रवासी नेपालीहरूले कोरोनाबाट प्रभावित विपन्न जनताका लागि पठाएको राहत सामग्री खोलामा बगाउने बागलुङ ढोरपाटन नगरपालिका–४ का वडासदस्य तिलबहादुर फगामीलाई बचाउन कीर्ते हस्ताक्षर तयार गरिएको छ । ढोरपाटन नगरपालिका–४ का वडाध्यक्ष तिलक पुनको सक्रियतामा सो कीर्ते हस्ताक्षर तयार गरिएको हो ।

    Advertisement

    श्रोतका अनुसार २०७७ असार १३ गतेपछि ढोरपाटन नगरपालिकाका–४ का वडाध्यक्ष तिलक पुनले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोख्रेलसित नगर परिषद्को माइन्युट फोटोकपी गर्न भन्दै मागेका थिए । त्यसरी फोटोकपी गर्न लैजाने क्रममा नै वडासदस्य तिलबहादुर फगामीको कीर्ते हस्ताक्षर गरिएको बताइन्छ ।

    यस सम्बन्धमा राष्ट्रिय जनमोर्चा बागलुङले नगर प्रमुख देवकुमार नेपाली र प्रशासकीय अधिकृत धनप्रसाद पोख्रेल दुवैसित लिखित रूपमा सत्य तथ्य माग गरेको थियो । त्यस क्रममा दुवै जनाले उक्त बैठकमा वडासदस्य फगामी अनुपस्थित रहेको स्वीकार्दै लिखित निवेदन आएमा त्यससम्बन्धी किटानीपूर्वक जानकारी दिन सकिने बताएका थिए ।

    तत्पश्चात् राजमो नेता गौरिश्वर पाण्डेले २०७७ असोज ८ गते नगर प्रमुख नेपालीलाई सम्बोधन गरेर लिखित निवेदन पनि दिनुभएको थियो । तर अहिलेसम्म मेयर नेपालीले त्यसबारे प्रष्ट अभिव्यक्ति दिन चाहेका छैनन् । त्यस्तै, तत्कालीन धनप्रसाद पोख्रेल पनि बोल्न चाहेका छैनन् ।
    यसबारे श्रोत भन्छ– मेयर नेपाली र प्रशासकीय अधिकृत पोख्रेलको वडाध्यक्ष तिलक पुनसित साँठगाँठ छ । त्यसकारण मौखिक रूपमा वडासदस्य फगामीको नगर परिषद्मा अनुपस्थितबारेको यथार्थ लिखित रूपमा दिन आलटाल गरिरहेका छन् ।

    यस सम्बन्धमा हामीले राजमो बागलुङका नेता गौरिश्वर पाण्डेसित सम्पर्क गर्दा उहाँले भन्नुभयो : “एउटा प्रमाण त यो हो– असार १३ गतेको नगर परिषद्मा उनलाई अतिथिको आसन ग्रहण बोलाइएको थियो, तर उनी आएनन् । अर्को प्रमाण यो हो– नगर परिषद्का दिन जनप्रतिनिधिले भत्ता बुझ्ने चलन छ । त्यस दिन वडासदस्य फगामीले भत्ता बुझेका छ्रैनन् ।” पाण्डे थप्नुहुन्छ– “यसरी वडासदस्य फगामी नगर परिषद्मा उपस्थित नभएको पुष्टि हुन्छ ।”

    गत असार १३ गतेका दिन वडासदस्य तिलबहादुर फगामीसहित गनबहादुर फगामी, हेमलाल फगामी, हर्कबहादुर बुढाथोकी, उमेश बुढाथोकी, पञ्जे विकसहितको टोलीले बुर्तिवाङबाट ढोरपाटन–४ को खुँगामा लैजान थालिएको ९८ हजार ८३५ रुपियाँको राहत सामग्री लुकुरवन उत्तिसिंहघाटमा फ्याँकिदिएको थियो । लु२त ४६३७ नम्बरको ट्रयाक्टरमा लैजान थालिएको सो सामग्री फ्याँक्दा भएको हातपातको क्रममा राहत वितरण गर्न गएका डिलबहादुर सेर्बुजा र ट्रयाक्टर चालकसमेत घाइते भएका थिए । यसबारे जिल्ला अदालत बागलुङबाट पक्राउ पुर्जीसमेत जारी भएको थियो ।

    यता, राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयले असार १३ गतेको उक्त घटना ढोरपाटन नगरपालिका–४ का वडाध्यक्ष तिलक पुनको निर्देशनमा घटेको किटान गरिसकेको छ । असार २३ गते नै केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले जारी गर्नुभएको प्रेसवक्तव्यमा त्यसवापत् वडाध्यक्ष तिलक पुन, वडासदस्य तिलबहादुर फगामी र राजमो सदस्य गनबहादुर फगामीलाई साधारण सदस्यतासमेतबाट निस्कासन गरिसकिएको छ ।

    राजमो नेता गौरिश्वर पाण्डेले दिनुभएको निवेदन

     

    वितरण गर्न लगिएको राहत सामग्री

    शुक्रबार, असोज ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.