स्याङ्जा । नौ जनाको ज्यान जाने गरी पहिरो खसेको स्याङ्जाको वालिङ नगरपालिका १४ तमादीमा फेरि पहिरो खसेको छ ।
Advertisement
पहिरोले कृष्णबहादुर खनालको घरगोठ पुरिएको छ । मानवीय क्षति नभएपनि गोठ पुरिँदा दुई वटा भैँसी र कुखुराहरु मरेका छन् ।
जोखिम भएपछि दुई परिवारलाई सुरक्षित ठाउँमा सारिएकाले खनालको परिवार जोगिएको स्थानीयले बताएका छन् ।
सो स्थानमा हिजो पहिरो खसेर घर पुर्दा एकै परिवारका ९ जनाको ज्यान गएको थियो भने एक जना घाइते भएका थिए ।