शंकर प्रसाद पोख्रेल, गुल्मी ।
लगातार परेको अविरल वर्षाका कारण गुल्मीका विभिन्न ठाउँमा पहिरोले मानवीयसँगै भौतिक क्षति गरेको छ । ६ गते इस्मा गाउँपालिकाको रातचौरमा माथीबाट खसेको पहिरोमा परेर दुई जना पैदल यात्रुको मृत्यु भएको प्रहरी नायव उपरीक्षक केदारराज पन्तले जानकारी दिनुभयो । मृत्यु हुनेमा ३९ वर्षका प्रेम बहादुर कुमाल र पाँच वर्षका सफल कुमाल रहेका छन् । पहिरोमा ६० वार्षीय तिलक कुमाल सामान्य घाइते भएका थिए ।
त्यस्तै, गुल्मी दरबार गाउँपालिका वडा न।२ घुर्मी सातडाँडा घर भएका टेकबहादुर गाहाको गोठ भत्किँदा एक भैँसी र एक बाख्रा मरेको र अन्य दुई बाख्रा एक तथा बङ्गुर घाइते भएका छन् । गोठ भत्किँदा करिब दुई देखि तीन लाख बराबरको क्षति हुन पुगेको छ।
त्यस्तै आजै अबिरल बर्षाकै कारण स्वही ठाउँकै राजबहादुर गाहाको पनि घरमा क्षति पुगेको वडाअध्यक्ष हरिहर गौतमले युगदर्शनलाई जनकारी दिनु भयो ।
त्यसै गरेर पहिरो प्रभावित क्षेत्र ठुलोलुम्पेकमा एक घरलाई गयराति गएको पहिरोले क्षति पुर्याएको सोही स्थानीय जनप्रतिनिधि नरमाया रानाले जानकारी दिनुभयो ।
गुल्मीमा अविरल वर्षाका कारण सडक अबरुद्ध हुँदा कतिपय ठाउँका छोटो दूरिका सवारी साधन समेत अवरुद्व भएका छन् ।


