बागलुङ । स्वर्गीय हेम प्रसाद पुनको १४ औं स्मृति सभा आज उहाँको गाउँ गल्कोट नगरपालिका ११ सानो रिघामा सम्पन्न भएको छ ।
Advertisement
राष्ट्रिय जनमोर्चा वडा समिति रिघाको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता राजमो वडा समिति अध्यक्ष बलबहादुर पुन, सञ्चालन सचिव दलबहादुर बुढाथोकीले गर्नुभएको थियो ।
कार्यक्रमको प्रमुख अथिति राजमो जिल्ला सल्लाहकार बेदिलाल सापकोटा, अथितिहरु आमा भद्रकली पुन, भाई नरेन्द्र पुन, दिदी कृष्णा पुनको उपस्थित रहेको थियो ।
कार्यक्रममा भाइ नरेन्द्र पुन, अखिल (छैठौं) का केन्द्रीय सदस्य सरोजमान सिहंले मन्तब्य दिनुभएको थियो । वक्ताहरुले हेम पुन पार्टीमा लगनशील, ईमानदार र अनुसाशित रहेको स्मरण गर्दै उहाँको मृत्युले संगठन र समाजलाई अपुरणीय क्षति पुगेको बताउनु भयो ।