जगत प्रसाद रेग्मी
युग दर्शन तिम्रो महान यात्रा
कहिल्यै रोकिने छैन
असिम अघि बढी रहनेछ
तिमी ज्वाला बनेर बल्ने छौँ
संसार बद्लने महा यात्रामा
क्रान्तिको बिज छर्दैँ जाने छौं
भन्छन सबैले चाहियो
चाहियो सुख सयल अनि आराम
गिट्टी कुट्ने भारी बोक्ने
ज्यामी अनि मजदुर हरुले
सधै कल्पना गर्छ्न
आफ्नु सुन्दर भबिस्यको
त्यो दिन कहिले आउँला भनेर
आउँछ आउँछ त्यो दिन
पूर्वको सुन्दर लाली बोकेर
पश्चिमको अन्धकार चिर्दै
महलमा सयल गर्नेका विरुद्व
सुरुङ्ग भित्रबाट गिज्याउँने लाई
बाहिरी संसार देखाउँने छ
सत्य केहो
कैयौं चोट सहेर
उभिएको पहाड
गल्फत्तिको जन्जिर तोड्दै
बिरासतको सपना देखाएर
बिचार सुन्य बनाउने मुर्कुट्टा
कहिल्यै टिक्ने छैनन्
अजयको पहाड सामु
परिवर्तन लाई धोकादिने
सुर्यलाई हत्केलाले
छेक्न खोज्नेहरु
छेकेर छेकिन्न
उठने छन जुट्ने छन
सदियौका शोषित
बोक्ने छन बैरिका विरुद्ध
अस्त्र सस्त्र अनि
उभिने छन बिरताको झन्डा बोकि
कतै परिवर्तनलाई
अल्मलाउन सकिन्छ कि भन्नेहरु
होशियार
तिम्रा काला कर्तुत हरु
बनावटि जालहरु
भतभुङ हुने छन
ऐजेरु बनेर बाचेका
तिम्रा कल्पना पहाड को पहिरो बन्ने छ
हजारौं हावा हुरि
हन्डर ठक्कर
बिषालु खेटेरा निचोर्दै
बेकामे पत्झर पन्छाउदै
स्पात बनेको यो पहाड
परिवर्तनको बाटो बोकेर
बर्शौ देखि सुन्दर सपना बोकि
किसान मजदुर दलित महिला
सबै बिभेदमा परेका
बर्ग समुदायको
मुक्तिको निमित्त
परिवर्तनकोको निमित्त
आशा , बिश्वास र भरोसा
काधमा बोकि लम्की रहेको
अदम्य हिम्मत बैज्ञानिक बिचार
त्यसैले त सबै को आशा छ
हुन्छ आउँछ त्यो दिन
सुनौलो बिहानी बोकेर
आशा छ भरोसा छ
परिवर्तनको लागि उभिएको
हाम्रो उच्च पहाड
मुक्तिको दियो जलाउने छ
स्वतन्त्रता को बिगुल फुक्दै
न्याय समानताको दिन
आउने छ अबस्य
किनकी
अटल अजम्बरी भएर उभिएको छ
हाम्रो पहाड।