काठमाडौँ । नेकपा (मसाल) ले युगदर्शन डट कमले यही २०७७ असोज ७ गते एक वर्ष पूरा गरेको अवसरमा नेकपा (मसाल) ले शुभकामना प्रदान गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा आजै एक वक्तव्य जारी गर्दै शुभकामना दिइएको हो ।
वक्तव्यमो पूर्ण यस्तो छ–
“युगदर्शन अनलाइनको एक वर्षको अवधि पूरा भएको उपलक्ष्यमा नेकपा (मसाल) ले युगदर्शन परिवारलाई बधाइ दिँदै त्यसको उत्तरोत्तर प्रगतिका लागि शुभकामना दिन्छ ।
युगदर्शन अनलाइनले आजको देशको राजनीतिक अवस्थामा विशेष महत्त्व राख्दछ । देशको आज जुन प्रकारको राजनीतिक स्थिति छ, त्यो अवस्थामा देशमा उच्च प्रकारको चेतना र मार्गदर्शनको आवश्यकता छ । त्यो दिशामा युगदर्शनले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ र आगामी दिनमा त्यसले त्यस प्रकारको भूमिकालाई अरू सशक्त र प्रभावशाली बनाउँदै लैजाने छ भन्ने हामीले आशा गरेका छौँ र त्यसका लागि शुभकामना पनि दिन्छौँ ।”