काठमााडौं । केही दिन यता काठमाडौंको वीर अस्पतालमा एक व्यक्तिको शवबाट अंग निकालिएको हल्ला चलेको छ । सो हल्ला सामाजिक सञ्जाल र युट्युब हुँदै कतिपय सञ्चार माध्यममा समेत आएको छ ।
मृतकका आफन्तलगायत कतिपयले शवबाट आँखा, मिर्गौला जस्ता अंग निकालिएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा वीर अस्पताल गेटमै उभिएका केही व्यक्तिहरुले अस्पतालले नै मृतकको अंग निकालेको ठोकुवा गरिरहेका छन् ।
सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा समेत यसखाले समाचार आएपछि वीर अस्पतालले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार विज्ञप्ति प्रकाशित गरी अस्पतालले कैदी रामलखन जैसवालको शवको अवस्थाका बारेमा स्पष्ट पारेको छ ।
अस्पतालका अनुसार ३ दिन अघि केन्द्रीय कारागारबाट वीर अस्पताल पुर्याएका उनको तत्कालै मृत्यु भएको थियो । शव गृहमा राखेको शव सड्नगल्न थालेको र अंगहरु परिर्वतन भएको अस्पतालको भनाई छ । मृतकको कोरोना परीक्षण गर्दा संक्रमिण पुष्टि भएको थियो ।
‘वितग ३ दिन देखि मृतकको शव, शवगृहमा रहेकोले सड्ने गल्ने प्रक्रिया शुरु भइसकेको र शवमा फोकाहरु रहेको, सुन्निएको र मुख र नाकबाट तरल पदार्थ निस्किएको अवस्था हो । यो शवलाई उपयुक्र रेफ्रिजिनेरटमा नराख्दा हुने सामान्य प्रक्रिया हो’ अस्पतालले भनेको छ ।
