काठमाडौं । ड. गोविन्द केसीले ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिनुभएको छ । अनसनरत केसीले आज ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिनुभएको हो ।
डा. केसी त्यहाँबाट शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका र त्यहीँबाट अनशनलाई निरन्तरता दिने केसीका सहयोगी डा. प्रविण गिरीले जानकारी दिनुभयो ।
९ दिनदेखि अनसनरत केसी आज नै नेपालगञ्जबाट आउनुभएको थियो । उहाँ त्रिवि शिक्षण अस्पताल जान खोजेपनि प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर पु-याएको थियो ।
केसीले शिक्षण अस्पतलमा आफुलाई भर्ना नगर्दासम्म कुनै परीक्षण गर्न नदिने र उपचार पनि नलिने अडान लिएपछि उहाँलाई आज नै शिक्षण अस्पताल सारिएको हो । त्यसक्रममा केसीका समर्थकहरुले ‘वि आर विथ जिकेसी’, ‘डा केसी एक्ला छैनौं, हामी तिम्रो साथ छौं’ लगायतका नारा लगाएका थिए ।
चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै केसी भदौ २९ गते जुम्लामा अनशन बस्नुभएको थियो । सोमबार जुम्लाबाट नेपालगञ्ज आई बसेका उहाँ मंगलबार काठमाडौं आउनुभएको हो ।