• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

एमसीसी विशुद्ध अनुदान ठान्नु अमेरिकाको नांगो दलालीः सांसद जिसी


  •   मङ्गलबार, असोज ०६, २०७७ मा प्रकाशित
  • बुटवल । प्रदेश न ५ का सांसद तारा जिसीले एमसीसी संशोधन गरेर पनि लागू गर्न नहुने बताउनुभएको छ । प्रदेश संसदको बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा की सांसद जिसीले सत्तारुढ नेकपाले परिमार्जन सहित संघीय संसदबाट एममीसी पास गर्ने निर्णय गर्नु नेपालको राष्ट्रियता, सार्वभौमिकता र असंलग्न परराष्ट्र नीतिका बिरुद्ध भएको बताउनु भएको छ ।

    Advertisement

    एमसीसी इण्डोप्यासेफिक रणनीति आईपिएसको अंग हो भन्ने तथ्य विवादको सुरुवात मै अमेरिकी अधिकारी र नेपाल स्थित दूतावासले वक्तब्य दिएर स्पष्ट गरि सकेपछि पनि नेपालका मुट्ठीभर बुद्धीजीवि, नेता वा अन्य कसैले एमसीसी इण्डोप्यासेफिक रणनीतिको अंग होइन विशुद्ध अनुदान हो भन्नु अमेरिकाको नांगो दलाली हो भन्नुभयो ।

    यति गम्भीर बिषयमा पनि सत्तापक्ष र प्रतिपक्ष समेत एक ठाउँमा उभिनु जनमतको उपहास हो भन्दै ‘धन देखेपछि सत्य चुप लाग्छ’ भन्ने भनाईको यो गतिलो उदाहरण भएको बताउनुभयो ।

    एमसीसी को ५५ अर्ब अनुदानको लागी मात्र देशको अस्तित्व धरापमा पार्न खोजिएको, भन्दै उहाँले भन्नुभयो, ‘पैसाकै लागी हो भने एनसेलको करिब ७२ अर्ब करछली उठाउनुस्, ठूला पार्टीले एनसेलबाट चुनाव जित्न ल्याएको अरबौं रकम फिर्ता गर्नुस, भाट भटेनी कर छली, लडाकु शिविर, सुनकाण्ड, अर्बौंको बेरुजु आदी दर्जनौं मुद्दाको फैसला गराए एमसिसी भन्दा धेरै रकम आउछ ।’

    उहाँले जनताले दुई तिहाई दिएको सरकारले महिलालाई पुरुष र पुरुषलाई महिला बनाउने बाहेकसबै गर्न सक्छ भन्दै राम्रो काम गर्न यो सरकारलाई कस्ले रोकेको छ ? भनी प्रश्न गर्नुभयो।

    संघीयता धान्न नै देशले यस्तो जोखिम उठाउन परेको उहाँको जिकिर थियो । घर घरमा सिंहदरबार संघीयता बिना पनि पुराउन सकिन्छ भन्दै यही सदनमा माननीयहरुले हाम्रो भूमिका वार्डध्यक्ष भन्दा पनि कम्जोर भएको गुनासोले ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरेझै’ भएको उहाँले बताउनुभयो ।

    प्रदेश संरचना खर्चको हिसावले पनि सेतो हात्ती सावित भएको औंल्याउदै राजमो नेतृ जिसीले भन्नुभयो, ‘७ वटा प्रदेश सभा, मन्त्रिमण्डल, विषयगत सभापति, हजारको करिब सभासद, स्वकिय, भौतिक संरचना, कर्मचारी वार्षिक खर्बौ फिजूल खर्च राज्य कोषको बचत हुन्छ ‘मागी मागी घीउ खानु पनि पर्दैन।’

    उहाँले सानो क्षेत्रीय वा प्रदेश संयन्त्रले पनि केन्द्र र स्थानीयतहबीच समन्वय गर्न सक्ने बताउनुभयो ।  ‘यस्ता कैयौ विकल्पहरुछन् तर देशलाई नै शक्तिराष्ट्रहरुको क्रिडास्थल बनाउने एमसीसी सम्पूर्ण रुपमा खारेज गरिनु पर्दछ’ उहाँले भन्नुभयो ।

    यस्तै, जिसीले कोभिड १९ नियन्त्रण,भ्रष्टाचार,कालोबजारी,नाफाखोरी आदी नियन्त्रणमा सरकारको भूमिका निराशाजनक रहेको बताउँदै सार्वजनिक यातायात सरकारको निर्देशन अनुसार संचालन भएको छ कि छैन ? अनुगमनमा विशेष ध्यान दिन समेत आग्रह गर्नुभयो ।
    उहाँले बीरेन्द्र कुमार कनौडिया नेका संसदीय दलको सर्वसम्मत नेता निर्वाचीत हुनु भएकोमा राजमोको तर्फबाट बधाई तथा सफलकार्यकालको शुभकामना समेत दिनुभएको थियो ।

    मङ्गलबार, असोज ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.