काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ३ सय ५६ जनालाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । मंगलबार ११ हजार १ सय ५४ जनाको परीक्षण गर्दा एक हजार ३ सय ५६ मा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Advertisement
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यो अवधिमा ८ सय २३ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म संक्रमित संख्या ६६ हजार ६ सय ३२ छ ।
यस्तै, मंगलवार २ जना संक्रमितको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणका कारणा नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ४२९ जना पुगेको छ।
उपत्यकामा थपिए ६४७ जना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा काठमाडौंमा ५११ , भक्तपुरमा ७४ र ललितपुरमा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

