तिलक थापा, बागलुङ ।
राष्ट्रिय जनमोर्चाको आयोजनामा काठेखोला गाउँपालिका–४ तंग्राममा वडास्तरीय प्रशिक्षण भेला सम्पन्न भएको छ । कोरोना भाइरस संक्रमणप्रति सावधानी अपनाउँदै सोमबार धारा माविको सभाहलमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले प्रशिक्षण भेलाको उदघाटन गर्दै देशको अर्थतन्त्र अस्तव्यस्त बनेको बेला सरकारले जनतालाई राहत पुग्ने कार्यक्रम ल्याउन नसकेको बताउनु भयो ।
उहाँले संविधान दिवसको अवसरमा विभिन्न ब्यक्तिहरुलाई पदक वितरण गरे पनि उल्लेखनीय काम गर्नेहरुलाई समाबेश गर्न नसकेको बताउनुभयो ।
कार्यक्रममा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय जनमोर्चा राष्ट्रिय परिषद् सदस्य तिलक थापा, राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य लक्ष्मण पुन, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य कमला थापा लगायतले विभिन्न बिषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रम वडा समितिका अध्यक्ष बिष्णु कँडेलको अध्यक्षता, टीका सँगम विकको सञ्चालन र वडा सचिव सस बहादुर विकको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

