• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

वैकल्पिक ऊर्जा मार्फत बाढी प्रभावित क्षेत्रमा टेलिकमको सेवा


  •   सोमबार, असोज ०५, २०७७ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ ।
    अविरल वर्षा सँगै गत भदौ १७ गते राती ढोरपाटन नगरपालिकाको वडा नं ९, ८ र ७ बोबाङ स्थित भुजिखोलामा बाढी आयो । बाढीले अकल्पनीय मानविय तथा भौतिक क्षति पुरायो ।

    Advertisement

    बाढीले भूजिखोलामा संचालित लघु जलविद्युत गृहहरु बगायो । विद्युत सेवा बन्द भएपछि त्यस क्षेत्रमा मोवाइल सेवा अवरुद्ध भएको थियो । सडकमा बाढीले क्षति पुराएको हुँदा तत्काल त्यहाँ मोवाइल सेवा सञ्चालनमा आउन सकेन ।

    ढोरपाटन नगरपालिकाको पहलमा केही दिन पहिले सडक मर्मत पश्चात अहिले सडक सञ्चालनमा आएको छ । सडक सुचारु भए सँगै नेपाल टेलिकमले अवरुद्ध मोवाइल सेवा पुन सञ्चालनमा ल्याएको छ ।

    तत्काल त्यहाँ रहेका लघु जलविद्युत सञ्चालनमा आउने सम्भावना नरहेपछि टेलिकमले वैकल्पिक ऊर्जा सोलार जडान गरी सेवा सुचारु गरेको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ इन्जिनयर केशव शर्माले जानकारी दिनुभयो । ढोरपाटन नगरपालिका वडा नं ८ बोवाङ बिजौरेमा रहेको टावरमा १३५ वाटको २४ थान सोलार जडान गरेर अवरुद्ध सञ्चार सेवा सञ्चालन गरिएको वरिष्ठ इन्जिनियर शर्माले बताउनुभयो ।

    सेवा सुचारु गर्न नेपाल टेलिकमले पोखराबाट प्राविधिक टिम सहित सोलार सेट व्यवस्थापन गरेको थियो । विद्युत आपूर्ति बन्द हुँदा बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवाबाट सेवाग्राही वञ्चित भएका थिए ।

    सालझण्डी ढोरपाटन सडक बाट टावर सम्म सामाग्री पुराउन स्थानीय बासिन्दा, विपत व्यवस्थापनमा खटिएको नेपाल प्रहरीको टिम र जनप्रतिनिधिले सहजीकरण गरेको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले जानकारी दिनुभयो । कोरोना कहर र प्रतिकूल मौसमका बावजुत जनताको सञ्चार सुविधालाई मध्यनजर गर्दै टावर सञ्चालनमा ल्याइएको नेपाल टेलिकम पोखराका इन्जिनियर कुमोद कुमार महतोले बताउनु भयो ।

    अवरुद्ध मोवाइल सेवा सुचारु गर्न सहयोग गर्नुहुने सबैमा नेपाल टेलिकमले आभार समेत व्यक्त गरेको छ । बोबाङको विजौरेको टावर अवरुद्ध हुँदा त्यस आसपास र ढोरपाटन नेपानेमा रहेको टावरमा रेडियो लिंक बन्द रहेको थियो । लिंक बन्द हुँदा ढोरपाटन शिकार आरक्ष क्षेत्रमा मोवाइल सेवा अवरुद्ध रहेको नेपाल टेलिकम पोखराका इन्जिनियर शिव प्रसाद पौडेलले जानकारी दिनुभयो ।

    टावरमा सोलार जडान गर्न प्राविधिक कटक बहादुर गुरुङ सहितको टिम बोवाङ पुगेको थियो । नेपाल टेलिकमको नमस्ते मोवाइल सेवा अवरुद्ध हुँदा ढोरपाटन नगरपालिकाको वडा नं ८ र ९ का बासिन्दा सञ्चार सेवा बाट वञ्चित हुनुका साथै बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणमा समस्या भएको थियो ।

    आज देखि मोवाइल सेवा सञ्चालनमा आए सँगै स्थानीयहरू खुसी भएको ढोरपाटन नगरपालिका वडा नं ९ का वडा अध्यक्ष हरि बहादुर घर्तीले जानकारी दिनुभयो । ढोरपाटन नगरपालिका र नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रको समन्वयमा यस वर्ष भित्र नगरपालिका भर केन्द्रीय विद्युत पुराउने गृहकार्य भइरहेको ढोरपाटन नगरपालिकाले जनाएको छ ।

    सोमबार, असोज ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.