बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकास्थित भुजिखोलाका बाढीपीडितलाई विभिन्न ठाउँबाट राहत सहयोग प्राप्त भइरहेको छ ।
Advertisement
यसै क्रममा ‘हाम्रो संसार’ बागलुङले आइतबार पीडितलाई राहत हस्तान्तरण गरेको छ । मृतक र बेपत्ता व्यक्तिका परिवारलाई जनही पाँच हजार रुपैयाँका दरले एक लाख ८५ पचासी हजार रुपैयाँ सम्बन्धित वडाका वडा अध्यक्ष र स्थानीय समाजसेवीको रोहवरमा हस्तान्तरण गरिएको ‘हाम्रो संसार’ का अध्यक्ष नवराज पौडेलले युगदर्शनलाई जानकारी दिनुभयो ।
यस्तै, भोलिदेखि जैमिनी नगरपालिका भित्र भएको प्राकृति बिपत्तिका पीडितको सहयोग र सहानुभूतिमा जोडिने पौडेलले बताउनुभएको छ ।