टंक अवस्थी,चैनपुर ।
बझाङमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को जिल्ला भेला सम्पन्न भएको छ। २०७७ असोज ४ गते सदरमुकाम चैनपुरमा सो भेला सम्पन्न भएको हो ।
Advertisement
भेलाले जिल्लाभरिका प्रतिनिधिबाट भरत धामीको अध्यक्षतामा नौ सदस्यीय जिल्ला समिति गठन गरेको छ । उपाध्यक्ष भूवन बोहरा, समितिको सचिव जगत धामी, सहसचिवमा निरुता धामी र कोषाध्यक्षमा कल्पना धामी रहनुभएको छ । त्यस्तै, सदस्यमा देव धामी, देराज खडका, विक्रम भण्डारी र राम धामी रहनुभएको छ ।
अखिल (छैठौं) का पूर्व विद्यार्थी नेता एवम् राष्ट्रिय जनमोर्चाका युवा नेता जगत्प्रसाद जोशीको विशेष उपस्थिति प्रशिक्षण र अखिल (छैठौं) का प्रदेश सहसचिव टङ्क अवस्थीको कोअर्डिनेसनमा उक्त भेला सम्पन्न भएको बताइएको छ ।