काठमाडौं । आइतबार बिहान त्रिशूली नदीमा खसेको पेट्रोल ट्यांकरका चालक र सहचालक सम्पर्कमा आएका छन् ।
Advertisement
इलाका प्रहरी कार्यालय गजुरीका अनुसार चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ का ३२ वर्षका सुदीप बोहरा र सहचालक मनिष नगरकोटी सम्पर्कमा आएका हुन् ।
बिहान ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्यांकर धादिङको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेको थियो । नदीमा खसेको ट्यांकरमा आगो लागेको प्रहरीले जनाएको छ ।
नदीमा खसेको ट्यांकरका चालक र सहचालक भेटिएका थिएनन् । ट्यांकर पानीमा डुबेको छ भने केही भाग देखिएको छ ।