काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आगामी मंसिर ११ र १२ गते हुने भएको छ । महासंघको पदाधिकारी बैठकले निर्वाचन मंसिर ११ र १२ गते गर्ने निर्णय गरेको हो ।
Advertisement
चैत २८ र २९ गते हुनपर्ने महासंघको निर्वाचन कोरोना संक्रममण र त्यसपछि भएको लकडाउनको कारण रोकिएको थियो । पदाधिकारी बैठकले कोभिड–१९ बाट बच्ने सुरक्षा उपाय अपनाएर काठमाडौंमा निर्वाचन गर्ने निर्णय गरेको छ ।
काठमाडौंमा निर्वाचन सम्भव नभएमा प्रदेश अनुसार महासंघको निर्वाचन हुने छ । जसमा जिल्ला नगर तर्फका भोट प्रदेशको राजधानीमा दिने व्यवस्था मिलाइने छ ।
एशोसियट र वस्तुगत तर्फ काठमाडौंमा भोट दिने व्यवस्था मिलाइने छ। महासंघले निर्वाचन मोडालिटी तयार गर्न कार्य कार्यदल समेत बनाएको थियो । उक्त कार्यददले बनाएको प्रतिवेदन अनुसार नै पदाधिकारी बैठकले निर्वाचन गर्ने निर्णय गरेको छ ।