काठमाडौं । पेट्रोल बोकेको एउटा ट्यांकर आइतबार त्रिशुली नदीमा खसेको छ । ना ४ ख २८२२ नम्बरको ट्यांकर धादिङको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको प्रहरीले जनाएको छ ।
Advertisement
ट्यांकर चालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिनुभयो ।
नदीमा खसेको ट्यांकर पानीमा डुबेको छ भने केही भाग देखिएको छ । अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।