• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

पूँजीवादी संविधानबाट जनताका आधारभूत समस्याको समाधान सम्भव छैनः मसाल


  •   शनिबार, असोज ०३, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले बर्तमान संविधान पूँजीवादी प्रकारको संविधान भएकोले यसबाट जनताको आधारभूत समस्या समाधान हुन नसक्ने र देशको वास्तविक विकास पनि सम्भव नहुने बताएको छ ।

    Advertisement

    पाचौं संविधान दिवसका अवसरमा मसालले एक वक्तव्य प्रकाशित गरि मसालले विद्यमान अर्धसामन्ति र अर्ध औपनिवेशिक व्यवस्थालाई समाप्त गरेर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।

    महामन्त्री मोहनविक्रम सिंहद्वारा प्रेशित वक्तव्यमा संविधानमा गणतन्त्र, धर्मनिरपेक्षता सहित कैयौँ सकरात्मक पक्षहरुको कार्यान्वयनमा जोड दिँदै संघीयतासहित कतिपय नकरात्मक पक्षको खारेजी गर्नुपर्ने बताउनुभएको छ ।

    यस्तो छ वक्तव्य
    १. आज संविधान दिवसको उपलक्ष्यमा नेपाल कम्युनिस्ट पार्टी(मसाल)ले नेपालको संविधानको कार्यान्वयन र सुरक्षाको आवश्यकतामा व्यापक राष्ट्रिय ऐक्यवद्धताको आवश्यकतामा जोड दिन्छ ।

    २. संविधानमा गणतन्त्र, धर्मनिरपेक्षता सहित कैयौँ सकरात्मक पक्षहरु छन् र हामीले तिनीहरुलाई सुदृढ पार्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ तर अर्कातिर त्यसमा भएका संघीयता सहित कतिपय नकरात्मक पक्षहरुको हामीले प्रारम्भदेखि नै विरोध गर्दै आएका छौँ र तिनीहरुलाई खारेज गराउनका लागि हाम्रो संघर्ष लगातार अगाडि बढिरहने कुरा पनि हामीले स्पष्ट गर्न चाहान्छौँ ।

    ३. आजको देशको विशिष्ट स्थितिमा नेपालको संविधानको सकरात्मक र प्रगतिशील महत्व छ । तैपनि अन्ततः त्यो पुँजीवादी प्रकारको संविधान हो । त्यसैले त्यसद्वारा जनताका आधारभूत समस्याहरुको समाधान र देशको बास्तविक विकास सम्भव छैन । त्यसका लागि विद्यमान अर्धसामन्ति र अर्ध औपनिवेशिक व्यवस्थालाई समाप्त गरेर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नुपर्ने आवश्यकता छ । हाम्रो पार्टीले त्यसका लागि आधार वा परिस्थिति तयार पार्न लगातार प्रयत्न गर्दै आएको छ र हाम्रो त्यो नीति लगातार अगाडि बढिरहने छ ।

    ४. अहिलेको संविधानमाथि देशभित्रका वा बाहिरका प्रतिक्रियावादी शक्तिहरुले लगातार हमला गरिरहेका छन् । राजावादीहरुले गणतन्त्र र धर्मनिरिपेक्षतालाई समाप्त गरेर राजतन्त्रको पुर्नस्थापना वा नेपाललाई हिन्दु राष्ट्र बनाउनको लागि योजनावद्ध प्रकारले अभियान चलाइरहेका छन् । पृथकतावादीहरुले राष्ट्रिय विखण्डनका लागि संविधानमा संशोधन गर्न आन्दोलन गरिरहेका छन् । भारतीय साम्राज्यवादले पनि सबै प्रतिगामी वा पृथकतावादी शक्तिहरुका त्यस प्रकारका प्रयत्नहरुलाई सफल पार्न शक्ति लगाइरहेको छ । त्यसरी नेपालको गणतन्त्र, राष्ट्रियता र धर्मनिरिपेक्षताका अगाडि उपस्थित गम्भिर प्रकारको खतराका विरुद्धको संघर्षमा व्यापक राष्ट्रिय ऐक्यवद्धता कायम गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ ।

    ५. कैयौँ देशहरुमा गणतन्त्र पक्षधर शक्तिहरुका गलत नीति वा क्रियाकलापहरुका कारणले गणतन्त्र समाप्त भएकावा समाजवाद पक्षधर शक्तिहरुका गलत नीति वा क्रियाकलापहरुका कारणले समाजवादी व्यवस्थाको अन्त भएका उदाहरण पनि विश्वभरमा पाइन्छन् । त्यस प्रकारको पृष्ठभूमिमा आज गणतन्त्रको पक्षधर सरकार वा सत्तारुढ राजनीतिक शक्तिहरुका गलत नीति वा क्रियाकलापहरुका कारणले पनि गणतन्त्रको आधार कमजोर हुँदै गएको र त्यसबाट प्रतिगामी शक्तिहरुलाई फाइदा पुगिरहेको वास्तविकताप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । त्यो अवस्थामा हामीले सबै देशी र विदेशी प्रतिक्रियावादी शक्तिहरुका विरुद्धको संघर्षमा मुख्य जोड दिनुका साथै स्वयम् गणतन्त्र पक्षधर सरकार वा सत्तारुढ राजनीतिक शक्तिहरुका गलत नीति र क्रियाकलापहरुप्रति उच्च प्रकारको सतर्कता अपनाउनुपर्ने तथा सम्झौताहीन प्रकारले संघर्ष गर्नुपर्ने आवश्यकताप्रति पनि हामीले जोड दिन्छौँ ।

    शनिबार, असोज ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय
    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    युगदर्शन कहिल्यै थाक्ने छैन
    युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • २.
      हार्दिक शुभकामना

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ४.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • ५.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ६.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ७.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ८.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.