काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव लुमाकान्त पुनमगरलाई मातृशोक परेको छ । महासचिव पुनकी आमा जैसरीदेवी पुनको शुक्रबार निधन भएको छ ।
Advertisement
६४ वर्षीया जैसराको आफ्नै निवास दाङ जिल्ल्लाको घोराही उपमहानगरपालिका वडा नं ८ सेवारमा निधन भएको हो । उहाँको एक्कासी रगत वान्ता भएर ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ ।
चार छोरा र चार छोरीकी आमा जैसरादेवीका सन्तानहरु राष्ट्रिय जनमोर्चाको राजनीतिमा सक्रिय हुनुहुन्छ ।
जेठा छोरा जितबहादुर पुनमगर अखिल नेपाल जनजाति सम्मेनल जिल्ला समिति दाङका सल्लाहकार हुनुहुन्छ भने माहिला छोरा लुमाकान्त अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव हुनुहुन्छ ।
यस्तै कान्छा छोरा मिनराज पुन कतार नेपाली एकता समाजका केन्द्रीय सदस्य हुनुहुन्छ । साहिँला छोरा गिरिराज पुन मगर राजमो समर्थक हुनुहुन्छ ।

